Comments Add Comment

मर्सियल र राष्फोर्डको गोलमा म्यान्चेस्टर युनाइटेड विजयी

१८ कात्तिक, काठमाडौं । म्यान्चेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नेमाउथलाई पराजित गरेको छ ।

शनिबार राति भएको खेलमा युनाइटेडले उसैको घरेलु मैदानमा बर्नेमाउथलाई २–१ गोलअन्तरले पराजित गरेको हो । म्यान्चेस्टर युनाइटेडलाई जित दिलाउन एन्थोनी मार्सियल र मार्कुस राष्फोर्डले गोल गरे । यता, बर्नेमाउथका लागि कलुम विल्सनले गोल गरेका थिए ।

युनाइटेडले बर्नेमाउथको अग्रतालाई उट्याउँदै जित निकालेको हो । बर्नेमाउथका लागि खेलको ११औं मिनेटमा विल्सनले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ३५औं मिनेटमा मार्सियलले गोल गरेपछि युनाइटेडले १–१ गोलको बराबरी बनाएको थियो ।

पहिलो हाफमा १–१ गोलको बराबरीमा रोकिएको युनाइटेडले दोस्रो हाफमा थप १ गोल गर्दै जित निकालेको हो । खेलको अतिरिक्त समयमा राष्फोर्डले गोल गरेपछि युनाइटेडले २–१ गोलले खेल जितेको हो ।

११ खेलबाट २० अंक जोडेको युनाइटेड आठौं स्थानमा उक्लिएको छ । पराजित बर्नेमाउथ भने २० अंकसहित छैटौं स्थानमा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment