+

प्याराग्लाईडिङ् वर्ल्ड कपमा कोरियालाई ३ स्वर्ण, समूहतर्फ नेपाल तेश्रो

२०७५ कात्तिक  १८ गते १८:३८ २०७५ कात्तिक १८ गते १८:३८
प्याराग्लाईडिङ् वर्ल्ड कपमा कोरियालाई ३ स्वर्ण, समूहतर्फ नेपाल तेश्रो

१८ कात्तिक, पोखरा । प्रथम नेपाल प्याराग्लाईडिङ एक्कुरेसी (स्पट ल्याण्डिङ) वर्ल्ड कप २०१८ मा कोरियाले ३ स्वर्ण पदक जितेको छ । एकल महिला तथा पुरुष र खुल्ला गरी ३ स्वर्ण पदकका लागि भएको प्रतियोगितामा कोरियाले सबै ३ वटै स्वर्ण पदक जितेको हो ।

स्याङ्गजाको स्वरेक मैदान (भिरकोट) बाट उडान गरी वालिङको डौंवाफाँटमा अवतरण भइ आइतबार सम्पन्न त्रिदिवसीय खेलमा कोरियाले ६ राउण्ड पूरा गर्दै १२ अंक जोडेर शीर्ष स्थानमा रहँदै स्वर्ण पदक जित्यो ।

प्रतियोगितामा कोरियाका स्याङज्यू लिमले स्वर्ण पदक जिते । उनले ६ राउण्डको खेलमा १२ अंक प्राप्त गर्दै खुल्ला तर्फ उपाधि जिते । पहिलो दिनको खेलमा तेश्रो स्थानमा रहेका उनले दोश्रो दिनदेखि पुनरागमन गरेका थिए ।

उक्त प्रतिस्पर्धामा कोरियाका खेलाडी जी.हुन होले रजत पदक जिते भने कोरियाकै किम कि हेवनले काश्य पदक जिते । सो प्रतिस्पर्धामा एसियाली खेलकुदमा रजत पदक बिजेता नेपाली खेलाडी यूकेश गुरुङले ८ औं स्थानमा चित्त बुझाए ।

प्रतियोगिताको महिलातर्फ कोरियाकी हुन्.हि किमले स्वर्ण पदक जितिन् । उनले ६ राउण्डको खेलमा ५९ अंक ल्याउदै महिलातर्फ स्वर्ण पदक जितेकी हुन् । सो स्पर्धामा कोरियाकै योनहृयाङ चोले रजत र ईण्डोनेसियाकी गीता रेजकी गुण्टरीले काश्य पदक जितिन् ।

त्यस्तै समूहतर्फको पुरुष टिममा कोरियाले स्वर्ण र रजत पदक जितेको छ । नेपालले भने काश्य पदक जितेको छ । कोरियाको एक समूहले ९३ अंक ल्याउँदै स्वर्ण पदक र अर्को समूहले १ सय ६४ अंक ल्याउँदै रजत पदक जित्दा नेपालले २ सय ८४ अंक ल्याउँदै काश्य पदक जितेको हो । नेपाली टिममा एसियन गेम्सका रजत पदक विजेता खेलाडी कप्तान विमल अधिकारी, यूकेश गुरुङ, बिशाल थापा र विजय गौतम रहेका थिए ।

शुक्रबार २, शनिबार ३ र आईतबार एक राउण्डको खेल भएकोे प्रतियोगिताका अफिसियल बालकृष्ण बसेलले जानकारी दिए ।

प्रतियोगितामा २१ देशका १२० प्याराग्लाईडिङ पाईलटहरुले नाम दर्ता

गराए पनि १८ देशका ७९ जना खेलाडीले मात्र प्रतिष्पर्धा गरेको प्रतियोगिताका संयोजक शैलेन्द्र राउतले बताए ।

बिजेता खेलाडीहरुको टोलीलाई गरिबी निवारण तथा भूमि सुधार मन्त्री पद्मा अर्याल, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्ट, नेपाल प्याराग्लाइडिङ तथा हृयाण्ड ग्लाईडिङ संघ (नेफा)का अध्यक्ष रुपनारायण श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताको समूहतर्फ स्वर्ण पदक बिजेतालाई १५ सय, रजत पदक बिजेतालाई २ सय र काश्य पदक बिजेतालाई ७ सय युरो प्रदान गरियो भने व्यक्तिगततर्फ स्वर्ण पदक बिजेतालाई १ हजार, रजत पदक बिजेतालाई ७ सय ५० र काश्य पदक बिजेतालाई ५ सय युरो प्रदान गरिएको थियो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय