Comments Add Comment

अवैध भारुसहित भारतीय युवक पक्राउ

१८ कात्तिक, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट अबैध रुपमा नेपाल भित्र्याउँदै गरेको २ लाख भारतीय रुपैयाँ सहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले भारत बिहार पूर्वी चम्पारण मोतिहारी जिल्ला थाना रक्सौल वडा नं. २२ नागारोड बस्ने वर्ष १९ बर्षका रोहितकुमार शर्मालाई अवैध भारुसहित पक्रेको हो ।

अवैध रुपमा विदेशी मुऽा वीरगंज रक्सौलको सिमा नाका हुँदै नेपालतर्फ भित्र्याउँदैछ भन्ने विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं १६ रजतजयन्ती चोकबाट शर्मालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । शर्माको साथबाट भारतीय रुपैयाँ ५ सय दरका ४ सय थान अर्थात २ लाख फेला परेको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।

भारतीय रुपैैयाँ सहित पक्राउ परेका शर्मालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन, पुल्चोक, ललितपुर पठाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

दुई जना हुण्डी कारोबारी प्रहरी नियन्त्रणमा

त्यसैगरी प्रहरीले स्रोत खुल्न नसकेको अबैध रकम सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं १० आदर्शनगर बस्ने ३२ बर्षका ज्ञानेन्द्रकुमार सर्राफ र पर्साको धोविनी गाउँपालिका वडा नं ५ बस्ने ३० बर्षका इम्तियाज आलमलाई पक्राउ गरेको हो ।

वीरगञ्ज महानगरपालिका वडा नं १०, आदर्शनगर स्थित पवनकुमार सर्राफको घरमा अबैध रुपमा बित्तिय कारोबार हुण्डी संचालन भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा पुगेको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

उनीहरुलाई फेला पारेको कोठाको दराजको घर्राबाट स्रोत नखुलेको नेपाली १ हजार दरका नोट ६ सय ८६ थान अर्थात ६ लाख ८६ हजार, ५ सय दरका नोट १ हजार ७ सय ३१ थ्ान अर्थात ८ आठ लाख ६५ हजार गरी जम्मा नगद १५लाख ५१ हजार, नगद जम्मा गरेको तथा खाली सादा भौचर ५ थान, विभिन्न बैंकहरुको सादा चेकबुक बरामद भएको थियो ।

उनीहरुलाई पनि आवश्यक कारवाहीको राजश्व अनुसन्धान विभाग, हरिहर भवन, पुल्चोक, ललितपुर पठाइएको पर्सा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment