Comments Add Comment

केकीको ‘कोहलपुर एक्सप्रेस’पछि ‘कन्याकुमारी’

नायिका केकी अधिकारीले यो बर्ष रिलिज भएको कमेडी चलचित्र ‘कोहलपुर एक्सप्रेस’पछि नयाँ चलचित्र निर्माण गर्ने तयारी गरेकी छिन् । केकीले निर्माण गर्न लागेको नयाँ चलचित्रको नाम ‘कन्याकुमारी’ राखिएको छ ।

यो चलचित्रलाई विशाल भण्डारीले नै निर्देशन गर्दैछन् । चलचित्रको अहिले कथा लेख्ने काम भैरहेको छ । केकीले अनलानइनखबरसँग भनिन्-‘हो, हामी कन्याकुमारी चलचित्र बनाउँदैछौ । केही समयपछि यसको औपचारिक घोषणा पनि गर्नेछौ । अहिले कथामा काम भैरहेको छ ।’

केकीका अनुसार, यो चलचित्र महिला केन्द्रित नै हुनेछ । चलचित्रमा ५ जना नायिका हुने केकीले बताइन् । उनले भनिन्-‘चलचित्रले सामाजिक बिषयवस्तुलाई नै उठान गर्नेछ । तर, हाँस्यरसमा नै चलचित्र बन्नेछ ।’

चलचित्रको छायांकन फागूणबाट सुरु गर्ने उनको योजना छ । तपाई के ‘क’को पछि लाग्नुभएको हो भन्ने प्रश्नमा केकीले भनिन्-‘यो संयोग हो । तर, मलाई ज्योतिषले ‘क’ फाप्छ भन्नुभएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment