+
+
Shares

डब्लु डब्लु डब्लुका आविष्कारक किन असन्तुष्ट छन् ?

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २० गते ९:४६

वर्ल्ड वाइड वेब अर्थात् डब्लु डब्लु डब्लु को आविष्कार गर्ने व्यक्ति सर टिम बर्नर्स लीले इन्टरनेटमा आफ्नो आविष्कारको अहिलेको अवस्थाप्रति असन्तुष्टि जनाएका छन् ।

समाचार एजेन्सी रोयटर्सलाई दिएको अन्तरवार्तामा उनले केही वेबसाइटहरुमा घृणा फैलाउने खालका सामाग्रीहरु आइरहेका बताए ।

टिमले विशेष रुपमा ट्विटरको आलोचना गरेका छन् । सोसल मिडियामा सकारात्मक टिप्पणीको साटो नकारात्मक टिप्पणी धेरै तीव्र रुपमा फैलिएको उनको भनाइ छ ।

साथै उनले वेबका दिग्गज कम्पनीहरुमाथि लगाम लगाउनु आवश्यक रहेको पनि बताएका छन् ।

सन् १९८९ मा टिम बर्नर्स ली ले डब्लु डब्लु डब्लुको आविष्कार गरेका थिए ।

उनले भनेका छन्, ‘यदि तपार्इं ट्वीटरमा प्रेमसँग सम्बद्ध केही विषय लेख्नुभयो भने त्यो कुरा कतै हराउँदछ तर यदि तपार्इं  घृणा फैलाउने कुरा लेख्नुभयो भने तुरुन्तै फैलिन्छ ।’

इन्टरनेटमा सकारात्मकता कम भएको भन्दै उनले इन्टरनेटको माध्यमबाट कसैको शसक्तीकरण क्षमता पनि कम भएको बताएका छन् ।

सोसल मिडिया तथा इन्टरनेटमा कुराकानीको माध्यम केवल मुठ्ठीभर कम्पनीहरुको हातमा समेटिएको उनले बताए । ती  कम्पनीहरुमा अमेजन, फेसबुक, गुगल, माइक्रोसफ्ट र एप्पल मुख्य छन् ।

यी ठूला कम्पनीहरुमा लगाम लगाउनु आवश्यक रहेको तर त्यस्तो कदमले बजारलाई धेरै नोक्सान नपुर्याओस् भन्नेमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?