+

एक खेलअघि नै भारतले वेष्टइन्डिजविरुद्धको सिरिज जित्यो

२०७५ कात्तिक  २१ गते १२:३३ २०७५ कात्तिक २१ गते १२:३३
एक खेलअघि नै भारतले वेष्टइन्डिजविरुद्धको सिरिज जित्यो

२१ कात्तिक, काठमाडौं । वेष्ट इन्डिजसँगको ३ खेलको टी–ट्वान्टी क्रिकेट सिरिज एक खेलअघि नै भारतले जितेको छ ।

मंगलबार राति भएको दोस्रो खेलमा घरेलु टिम भारतले वेष्ट इन्डिजलाई ७१ रनले पराजित गर्दै सिरिज जितेको हो । १९६ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १२४ रन मात्रै बनाउन सकेपछि भारतले फराकिलो अन्तरले जित निकालेको हो ।

वेष्ट इन्डिजका लागि कुनै पनि खेलाडीले राम्रो रन बनाउन सकेनन् । ड्यारेन ब्राभोले २३ र किमो पाउलले २० रन बनाउन बाहेक अन्य खेलाडी सस्तैमा समेटिए । भारतलाई फराकिलो अन्तरले जित दिलाउन भुवनेश्वर कुमार, कुलदीप यादव, जसप्रित बुम्राह र खालिल अहमदले समान २–२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १९५ रन बनाएको थियो । भारतका लागि कप्तान रोहित शर्माले शतकीय पारी खेले । उनले अविजित १११ रन बनाए । ६१ बलको सामना गरेका रोहितले ७ छक्का र ८ चौका प्रहार गरेका थिए । त्यस्तै, शिखर धवनले ४३ र लोकेश राहुलले अविजित २६ रन बनाए ।

यसअघि भएको पहिलो खेलमा भारतले वेष्ट इन्डिजलाई ५ विकेटले पराजित गरेको थियो । अब अन्तिम खेल भारतले वेष्ट इन्डिजसँग नोभेम्बर ११ तारिखमा खेल्दैछ ।

क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय