+
+
Shares

क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहार, १२ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २२ गते १७:१९

२२ कात्तिक, काठमाडौं । अमेरिकाको क्यालिफोर्नियास्थित एक बारमा अन्धाधुन्ध गोली प्रहार हुँदा एक प्रहरी अधिकारीसहित कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

क्यालिफोर्नियाको थाउजेन्ड ओक्सस्थित बोर्डरलाइन बारमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको अधिकारीहरले बताएका छन् ।

घटनास्थल लस एन्जलसबाट करिव ४० माइल टाढा छ । घटनामा अरु १० जना घाइते भएका छन् ।

घटनामा संलग्न भनिएका व्यक्ति पनि मृत अवस्थामा भेटिएको तर, उनको पहिचान हुन बाँकी रहेको अधिकारीहरुले बताएका छन् । साथै बारमा प्रवेश गरेर अन्धाधुन्ध गोली चलाउनुका कारण समेत खुल्न सकेको छैन ।

घटना भएको बेला बारमा झण्डै २०० मानिस थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?