Comments Add Comment

को हुन् इयान डेभिड, जसले क्यालिफोर्नियामा अन्धाधुन्ध गोली चलाए

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियास्थित एक बारमा अन्धाधुन्ध गोली प्रहार गर्ने संदिग्ध व्यक्ति पूर्व अमेरिकी सैनिक भएको खुलेको छ ।

बिहीबार भएको आक्रमणमा १२ जनाको मृत्यु भएको थियो भने १० जना गम्भीर घाइते भएका छन् ।

आक्रमणकारीले आफैँलाई पनि गोली हानेका थिए ।

प्रहरीका अनुसार आक्रमण २८ वर्षीय पूर्वसैनिक इयान डेभिड लङ हुन् ।

उनी पटक पटक प्रहरीले सोधपुछ गरेका व्यक्ति हुन् । गत अप्रिलमा आफ्नै घरमा हंगामा गरेपछि प्रहरी बोलाउनु परेको थियो ।

अधिकारीहरुका अनुसार उनी शायद पोष्ट ट्राम्याटिक स्ट्रेस डिसअर्डरबाट पीडित थिए र उनको सहमति विना मानसिक स्वास्थ्य केन्द्रमा राख्नु उचित थिएन ।

पीटीएसडी एक प्रकारको मानसिक तनावको विकार हो, जसको जडमा कुनै घटना हुन्छ । दर्दनाक अनुभवपछि मानिस पीटीएसडीको शिकार हुन्छन् ।

यूउस मरिनका अनुसार डेभिडले २००८ देखि २०१३ सम्म मसिन गनरका रुपमा काम गरेका थिए । उनी कोर्पोरलको दर्जासम्म पुगेका थिए । उनी २०१०–११ मा अफगानिस्तानमा तैनाथ थिए ।

सेनाको जागिर छाडेपछि उने क्यालिफोर्निया स्टेट युनिभर्सिटीमा २०१३ देखि २०१६ सम्म अध्ययन गरेका थिए ।

झण्डै २०० जना मानिस रहेको बारमा अन्धाधुन्ध गोली चलाएका डेभिडले अटोमेटिक ह्याण्डगन प्रयोग गरेका थिए । उनीसँग अतिरिक्त म्यागजिन पनि थियो, जुन राख्नु गैरकानुनी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment