Comments Add Comment

तिहारको बेला मासुमा मनपरी, पसलैपिच्छे मूल्य फरक

२३ कात्तिक, बुटवल । रुपन्देहीका मासु व्यवसायीहरुले चाडबाडका बेला मनपरि मूल्य कायम गरेर मासु बिक्री गरेको पाइएको छ । तिहारका बेलामा पसलैपिच्छे फरक–फरक मूल्य कायम गरिएपछि उपभोक्ता मारमा परेका छन् ।

मासु व्यवसायी संघ रुपन्देहीले मूल्य निर्धारण नगरी बजार स्वतन्त्र छाडेपछि व्यसायीले मनलाग्दी मूल्य तोकेको उपभोक्ताको गुनासो छ । मासु व्यवसायी संघले किसानहरुले मूल्य नै नपाएको भनेर पटक पटक गुनासो गर्न थालेपछि मूल्य नै तोक्न छाडेको छ ।

अहिले कुखुराको उत्पादन बढेको र कुखुरा सप्लायर्सहरुले किसानबाट सस्तोमा ल्याएर पसलेलाई महंगोमा बेच्ने गरेपछि मूल्य निर्धारणमा सकस परेको मासु व्यवसायी संघको भनाइ छ ।

मासु व्यवसायी संघ रुपन्देहीका अध्यक्ष कृष्ण पौडेलले किसान मारमा पर्ने तर विचौलियाहरुले नाफा धेरै खाना खोजेपछि मूल्य निर्धारण गर्न नसकेको बताए ।

अध्यक्ष पौडेलका अनुसार अहिले रुपन्देहीमा कुखुराको मासूको मूल्य प्रतिकेजी २ सय ४० देखि २ सय ५० रुपैयाँको हाराहारीमा हुनुपर्छ ।

तर यहाँ व्यवसायीहरुले भने ३ सय रुपैयाँ प्रतिकेजीमा मासु बिक्री गरेका छन् । बजार क्षेत्रमा केही सस्तो भएपनि मासूको मूल्यमा एकरुपता नहुँदा ग्रामिण भेगका उपभोक्ता मर्कामा परेका छन् ।

स्थानीय सरकारले समेत यो बिषयमा कुनै चासो देखाएको छैन । रुपन्देहीमा दैनिक १० टन कुखुराको मासु खपत हुन्छ । दशैं तिहारमा भने कुखुराको मासुको खपत तेब्बरले बढ्ने व्यवसायीहरुको भनाइ छ । रुपन्देहीमा झन्डै २ हजार मासु व्यवसायी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment