Comments Add Comment

भक्तराजको सम्मानमा एडमन्टनमा सत्य-स्वरुप आचार्य साँझ हुने

क्यानडा/ बरिष्ठ गायक तथा संगीतकार एवम् भजन शिरोमणि भक्तराज आचार्यको सम्मान तथा सत्य-स्वरुव आचार्य साँझ २०१८ आयोजना हुने भएको छ ।

स्थानीय कलाकारहरुको समूह सङ्गीत मझेरी एडमन्टनले कार्यक्रम गर्न लागेको हो । कर्यक्रम क्यानडाको अल्वर्टा राज्यको राजधानी एडमन्टनस्थित सेन्ट्रल लायन्स रिक्रिएशन सेन्टरमा यही नोभेम्वर १८ आइतबार साँझ हुने भएको छ ।

कार्यक्रमको संयोजन इश्वर खत्रीले गरेका छन् । कार्यक्रमको तयारी तव्ररुपमा भइरहेको जानकारी उनले दिए ।

उनका अनुसार कार्यक्रममा स्थानीय संस्था सङ्गीत मझेरीले शुर सम्राट भजन शिरोमणि भक्तराज आचार्यलाईलाई प्रमाणपत्रका साथै नगद क्यानडीयन डलर ५०० बाट सम्मान गर्ने कार्यक्रम रहेको बताए । नगद भक्तराज आचार्य प्रतिष्ठानलाई हस्तानतरण गरिने जानकारी खत्रीले दिए ।

स्थानीय कालाकार मिलेर २०१६ मा संगीत मझेरी स्थापना भएको हो । यस संस्थाले स्थानीय स्तरमा विभिन्न साङ्गीतिक कायक्रम गर्दै आइरहेकोछ ।

हरेक महिना एउटा साङ्गीतिक कार्यक्रम गर्दै आइरहेको यो संस्थाले अहिलेसम्म ३३ वाटा सङ्गी शृङखला प्रस्तुत गरिसकेको जानकारी मझेरीका वरिष्ठ सदस्य राजेन्द्र सुवेदी ‘छहारी’ले जानकारी दिए ।

मात्रृभूमिबाट टाढा भएका हामी नेपालीलाई बेलामौकामा गीत सङ्गीतको माध्यमबाट मनोरञ्जन दिनुका साथै नेपाली कला र संस्कृतिको संरक्षण गर्दै आगामी पुस्तामा मौलिक नेपाली गीत सङ्गीत हस्तान्तरण गर्नु हाम्रो उद्देश्य हो सुवेदीले बताए ।

कार्यक्रमका संयोजक तथा संस्थाका अध्यक्ष ईश्वर खत्रीका अनुसार अहिलेसम्म मझेरीसंग हारमोनियम, तबला, डोलक, बासुरी, झ्याम्टा, मादल, सारंगी लगायतका वाध्यबाधन नेपालबाटै ल्याइएको छ ।

स्थानीय १२ जना कालाकारबाट सुरु भएको यो मझेरीमा अहिले १० जना कालाकार सक्रियरुपमा लागेका छन् ।

स्थानीयरुपमा विभिन्न कार्यक्रम गर्दै आएको यो संस्थाले नेपाली कलाकार झिकाइ नेपाली गीत सङ्गीतकै अग्रजलाई सम्मान गर्न लागेको भने पहिलो पटक हो । ‘कालान्तरमा संगीत विद्यालयमा रुपान्तरण हुनु हाम्रो अर्को उद्देश्य हो,’ संस्थाका अध्यक्ष खत्री बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment