Comments Add Comment

बेटिसविरुद्ध खेल्ने टोलीमा परेनन् डेम्बेले

काठमाडौं । अभ्यासमा अनुपस्थित भएलगतै उस्मान डेम्बेले रियल बेटिसविरुद्ध खेल्ने बार्सिलोनाको टिममा परेनन् ।

प्रशिक्षक एर्नेस्टो भालभेर्डेले भने फ्रान्सम्यानलाई टिममा नराख्नुको कारण ब्याख्या गर्न चाहेनन् । ‘हरेकले आफूलाई जस्तो मन लाग्छ, त्यस्तै भन्न पाउँछ तर, यो सजाय होइन’ उनले भने, कहिले कोही जान्छ, अर्को पटक अर्को जान्छ । भोलि डेम्बेले टिममा हुने छैनन् ।’

बार्सिलोनामा डेम्बेलेको भविश्यबारे प्रश्न उठिरहेका बेला केही असमझदारी सार्वजनिक भएको छ ।

बिहीबार बार्सिलोनाको अभ्यासमा स्ट्राइकर डेम्बेले अनुपस्थित थिए । स्वास्थ्यमा समस्या भएकाले अभ्यासमा उपस्थित हुन नसक्ने अन्तिम समयमा मात्र जानकारी गराएका थिए ।

प्रशिक्षक भालभेर्डेले भने डेम्बेलेमा असाधारण क्षमता रहेको भन्दै आफूहरुले मदत गरिरहेको बताए ।

रियल बेटिसविरुद्ध खेल्ने बार्सिलोनाको टिममा लिओनल मेस्सी, उम्टिटी र टेर स्टेगेन समेत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment