+

लिग लिडर बोरुसिया डर्टमन्डको रोमाञ्चक जित

२०७५ कात्तिक  २५ गते ७:४८ २०७५ कात्तिक २५ गते ७:४८
लिग लिडर बोरुसिया डर्टमन्डको रोमाञ्चक जित

२५ कात्तिक, काठमाडौं । बुन्डेस लिगा फुटबलमा लिग लिडर बोरुसिया डर्टमन्डले बायर्न म्युनिखलाई ३–२ गोलअन्तरले पराजित गरेको छ ।

डर्टमन्डको आफ्नै घरेलु मैदानमा भएको खेलमा बायर्न २ पटक अग्रता लिएर पनि पराजित हुन पुगेको हो । शनिबार राति भएको खेलमा डर्टमन्डको जितमा मार्को रेउसले २ गोल गर्दा पाको अल्कासरले १ गोल गरे । यता, बायर्नका लागि रोर्बेट लेवान्डोस्कीले २ गोल गरे ।

खेलको २६औं मिनेटमा नै गोल गर्दै लेवान्डोस्कीले बायर्नलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० गोलले अघि रहेको बायर्नले दोस्रो हाफमा १ गोल थप्दा ३ गोल खान पुग्यो ।

खेलको ४९औं मिनेटमा रेउसले गोल गर्दै १–१ गोलको बराबरीमा पुर्याएका थिए । खेलको ५२औं मिनेटमा लेवान्डोस्कीले नै दोस्रो गोल गर्दै बायर्नलाई दोस्रो पटक २–१ गोलको अग्रता दिलाएका थिए । तर खेलको ६७औं मिनेटमा रेउसले दोस्रो गोल गर्दै डर्टमन्डलाई २–२ गोलको बराबरी दिलाएका थिए ।

खेलको ७३औं मिनेटमा अल्कासरले गोल गरेपछि डर्टमन्डले बायर्नलाई ३–२ गोलले पराजित गरेको हो ।

जितसँगै डर्टमन्डले ११ खेलबाट २७ अंक बनाउँदै आफ्नो शीर्ष स्थानलाई कायमै राखेको छ । यता पराजित बायर्न भने ११ खेलबाट २० अंकको साथमा तेस्रो स्थानमा रहेको छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय