Comments Add Comment

के कार्तिक आर्यनको प्रेममा छिन् श्रद्धा ?

बलिउडमा कलाकारको प्रेम चर्चा सधै नै चल्छ । कलाकारको सम्बन्ध जुटेका र टुटेका खबर बलिउडका लागि ठूलो बिषय नै हुन छाडेको छ । अहिले बलिउडकी एक चर्चित नायिकाको प्रेम सम्बन्धले फेरि बलिउड मिडिया गर्माएका छन् । नायिका श्रद्धा कपुरलाई एक नायकसँग मध्यरातमा चलचित्र हेर्न पुगेको भेटेपछि भारतीय मिडिया गर्माएका हुन् ।

नायिका श्रद्धा कपुरको प्रेमको खबरमा खासै परेको पाइदैन । तर, यसपटक भने उनी र नायक कार्तिक आर्यनको नाम जोडिएको छ । कात्तिक र श्रद्धा मध्यरातमा चलचित्र हेर्न मुम्बइको एक हलमा पुगेका थिए । दुई जनासँगै चलचित्र हेर्न पुगेको खबर छापिएसँगै उनीहरुको प्रेमको खबर पनि मौलाएको छ ।

उनीहरुलाई केही समय अगाडि डिनर डेटमा पनि भेटिएको मिडियाले उल्लेख गरेका छन् । श्रद्धा कपुर र कार्तिक आर्यनले चाडै नै एउटा चलचित्रमा काम गर्न लागेको समेत खबर सार्वजनिक भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment