+

एटीपी फाइनल पुग्ने फेडेररको सम्भावना जीवितै

२०७५ कात्तिक  २८ गते ८:१० २०७५ कात्तिक २८ गते ८:१०
एटीपी फाइनल पुग्ने फेडेररको सम्भावना जीवितै

२८ कात्तिक, काठमाडौं । स्वीट्जरल्यान्डका टेनिस खेलाडी रोजर फेडेररले एटीपीको दोस्रो खेलमा जित निकालेका छन् ।

फेडेररले अष्ट्रेलियाका डोमिनिथ थिमलाई पराजित गर्दै एटीपी टेनिसको फाइनल पुग्ने सम्भावनालाई जीवितैराखेका हुन् । उनले थिमलाई ६–२, ६–३ को सोझो सेटमा हराउँदै फाइनल यात्रालाई केही सहज बनाएका हुन् ।

यसअघि आफ्नो पहिलो खेलमा भने फेडेररले जापानका केई निशिकोरीसँग नमिठो हार व्यहोरेको थियो । तर दोस्रो खेलमा भने उत्कृष्ट पुनरागमन गर्दै थिममाथि सहज जित निकालेको हो ।

फेडेररले अर्को खेल दक्षिण अफ्रिकी केभिन एण्डरसनसँग खेल्दैछन् । केभिनले अघिल्लो खेलमा निसिकोरीलाई ६–० र ६–१ को सेटमा पराजित गरेका थिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय