Comments Add Comment

छायांकन नसकिदै अष्ट्रेलियामा विक्री भयो ‘जात्रै जात्रा’

टिजर सार्वजनिक भएसँगै फागूण १७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘जात्रै जात्रा’को विदेश राइट्स किन्न तछाडमछाड देखिएको छ । चलचित्रको छायांकन सुरु भएको केही दिनमै यसको अष्ट्रेलिया प्रदर्शन अधिकार होर होइन होला र पप अप इन्टरटेन्मेन्टले खरिद गरेको छ ।

‘जात्रा’ले दर्शकको मन जितेकाले पनि आफूहरु ट्रेलर सार्वजनिक अगावै चलचित्र किन्न हतारिएको आयोजक मध्येका एक चिरन श्रेष्ठले जानकारी दिए । यो चलचित्रलाई ३५ लाखमा अष्ट्रेलियाका लागि राइट्स खरिद गरिएको छ । चलचित्रका निर्माता तथा कलाकार रविन्द्र सिंह बानियाँले अन्य देशमा पनि कुरा भैरहेको बताए । निर्देशक प्रदिप भट्टराइले छायांकन अगावै चलचित्र नाफामा जाने दाबी गरे । विदेश राइट्स, विभिन्न ब्रान्डसँगको सहकार्यले चलचित्र नाफामा जाने उनको दाबी थियो ।

विपिन कार्की, बर्षा राउत, रविन्द्र सिंह बानियाँ, रविन्द्र झाको मुख्य भूमिका रहेको चलचित्रको हाल धमाधम छायांकन भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment