Comments Add Comment

टस गर्ने सिक्का बिर्संदा निलम्बित भए रेफ्री

२८ कात्तिक, काठमाडौं । इंग्ल्याण्डमा महिला सुपर लिगको एक खेलमा बल कसले चलाउने भन्ने निर्णय लिन रेफ्री डेभिड म्याकनामाराले ‘रक, पेपर, सिजर’ खेलाएर निर्णय लिँदा निलम्बित हुनु परेको छ ।

म्यानचेस्टर सिटी र रिडिङबीचको खेलमा बल कसले चलाउने भन्ने निर्णय लिन म्याकनामाराले ‘रक, पेपर, सिजर’ खेलाएका थिए । खेल सुरु हुनुअघि बल चलाउने निर्णय गर्न सिक्का टस गर्नुपर्नेमा सिक्का ल्याउन बिर्सिएकाले उनले त्यस्तो खेलबाट निर्णय लिएको बताएका छन् ।

फुटबल एशोसिएशनले खेलको मर्म विपरीत काम गरेकाले उनलाई तीन हप्ता निलम्बन गरिएको जनाएको छ । फुटबल सुरु गर्न सिक्का नै टस गर्नुपर्ने नियम रहेको एशोसिएशनले जनाएको छ ।

महिला फुटबल एशोसिएशनकी रेफ्री म्यानेजर जोआना स्टिमसनले म्याकनामाराले केही क्षणको पागलपनले त्यस्तो निर्णय गर्न पुगेको बताएकी छिन् ।

‘उनले राम्ररी तयारी गर्नुपर्थ्यो, सिक्का बिर्सनै हुँदैनथ्यो । बिर्सिए पनि उनले एक क्षणमा लिएको त्यस्तो निर्णय खेल भावना विपरीत छ’ उनले भनेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment