Comments Add Comment

युएर्इमा दुईजना नेपालीले पाए सुन उपहार

युएई/ अल अहलिया एक्सचेन्जकाे विन्टर अफरकाे साप्ताहिक याेजनामा दुई नेपालीले सुन उपहार पाएका छन् । बुधबार गरिएकाे पहिलाे लक्की ‘ड्र’ मा सप्तरीका बिजेन्द्र मन्डल र सिन्धुलीको मुलकोटका टिकाराम श्रेष्ठले १०/१० ग्राम सुन उपहार पाएकाे एक्सचेन्जका नेपाल प्रमुख वेनीमाधव ढकालले जानकारी दिए ।
एक्सचेन्जले  नोवेम्वर ७ देखि जनवरी ६ तारिखसम्म आफ्ना ग्राहक लक्षित  विन्टर प्रोमोसन योजना ल्याएकाे छ । यो प्रोमोसनमा सहभागी ग्राहकले २ केजीसम्म सुन जित्न सक्नेछन् ।
अल अहलिया एक्सचेन्ज युएईको कुनैपनि शाखाबाट आफ्नो देशमा पैसा पठाउने ग्राहकमध्ये एकजनाले मेघा पुरस्कारमा १ केजी सुन पाउनेछन्। यस्तै साप्ताहिक प्रोमोसनमा हरेक हप्ता ११ जनाले सुनको सिक्का पाउने सेन्चुरी रेमिटका युएई प्रमुख प्रकाश पौडेलले जानकारी दिए ।
मेघा प्रोमोसनमा सहभागी बिजेताको लक्की ‘ड्र’ आगामी जनवरी ६ ताखिरमा खुल्नेछ । साप्ताहिक प्रोमोसनमा सहभागी १० जनाले १०/१० ग्राम  र १ जनाले ५० ग्राम सुनको सिक्का पाउनेछन् ।
यो योजनामा सहभागी मध्ये ८८ जना लक्की ‘ड्र’ मार्फत साप्ताहिक बिजेता बन्नेछन् । ८ हप्तासम्म चल्ने साप्ताहिक योजना नोवेम्वर ५ तारिखसम्म रहनेछ । यो अवधिमा एक्सचेन्जको युएईमा रहेका कुनैपनि शाखाबाट पैसा पठाउने ग्राहकको नाम  स्वत लक्की ड्रमा जाने पौडेलले बताए ।
अल अहलिया एक्सचेन्जले हरेकवर्ष आफ्ना ग्राहक लक्षित विभिन्न योजना सार्वजनिक गर्दै आएको छ । अघिल्लो वर्षको समर सरप्राइज अफरमा इलाम सन्दकपुरका नरेन्द्र मगरले १ केजी सुन उपहार पारेका थिए ।
वैदेशिक रोजगारीमा कमाएको रकमलाई सुरक्षित र वैधानिक तरिकाले स्वदेशमा पठाउन एक्सचेन्जले हरेक वर्ष यस्ता योजना ल्याउने गरेको ढकालले बताए । यो योजनामा नेपालसहितका अन्य देशका नागरिक पनि सहभागी बन्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment