+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

बन्द भएको कालिगण्डकीको जल यातायात सुरु

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २९ गते १३:५१

२९ कात्तिक, गुल्मी । वर्षातमा नदीको बहाव बढेसँगै बन्द भएको कालीगण्डकीको स्टिमर सेवा पुन सञ्चालनमा आएको छ ।

गुल्मी, स्याङ्जा, पर्वतको सिमानामा पर्ने कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणको क्रममा बनेको जलाशयमा जल यातायात स्टिमर सेवा सञ्चालन हुँदै आएको छ ।

नदीमा पानीको बहाव घट्दै गएकाले स्टिमर सेवा पुनःसञ्चालन आएको हो । वर्षाका कारण नदीमा बहाव बढेपछि दुर्घटना जोखिमले असारदेखि ठप्प थियो । पानीको सतह घटेपछि मात्र स्टिमर सेवा सञ्चालनमा ल्याइएको छ ।

जल यातायात सेवा सुचारु भएपछि गुल्मी, स्याङ्जा, पर्वतका बासिन्दा यातायातको सुविधाबाट लाभान्वित बनेका छन् । जल यातायतमा तीन जिल्लाबाहेक अन्य ठाउँबाटसमेत यात्रा गर्न आन्तरिक पर्यटक आउँछन् ।

स्टिमर सञ्चालन भएपछि गुल्मी, स्याङ्जा र पर्वत जिल्लाका साथै बाग्लुङ्गका वासिन्दालाई पनि लाभ पुग्नेछ । सेतीबेणीदेखि मिर्मिसम्म ७ किलोमिटरको दुरीमा जल यातायात सञ्चालन हुन्छ ।

जल यातायतमार्फत दैनिक एक दर्जन स्टिमरबाट आवतजावत गर्ने गर्दछन् । व्यावसायिक रुपमै कालिगण्डकी जल यातायात र शालिग्राम जल यातायत मार्फत स्टिमर सञ्चालनमा आएका छन् ।

यस क्षेत्रमा २०५६ देखि स्टिमर सेवा सञ्चालनमा आएको स्थानीय अगुवा नेता टीकाराम ढकालले बताए । उनका अनुसार हालको कालिगण्डकी करिडोर निर्माण नहुन्जेल त्यस भेगका मानिहरुको मुख्य यातायतको साधन बनेकाले उक्त सो सेवाबाट यात्रा तथा सामान ढुवानी गर्न मुख्य यातायत बनेको ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?