Comments Add Comment

ब्राजिल भर्सेस उरुग्वे : पत्रकार सम्मेलनमा छोरासँगै बसे नेइमार

३० कात्तिक, काठमाडौं । उरुग्वेसँगको मैत्रीपूर्ण खेलको अन्तिम तयारीमा रहेको ब्राजिलका स्ट्राइकर नेइमार पत्रकार सम्मेलनमा छोरासँगै उपस्थित भएका छन् ।

नेपाली समयअनुसार शुक्रबार राति पौने २ बजे हुने खेलका लागि भएको पत्रकार सम्मेलनमा नेइमार छोरा डेभी लुका दा सिल्भा सान्तोषसँगै उपस्थित भएका हुन् । खेल इंग्लिस क्लब आर्सनलको घरेलु मैदान इमिरेट्स रंगशालामा हुनेछ ।

नेइमारले पत्रकारहरुलाई खेलका बारेमा बताइरहँदा र प्रश्न उत्तर चलिरहँदा पनि सात वर्षका छोरा सान्तोष उनको छेउमा बसेर उनैलाई हेर्दै थिए ।

नेइमारले पत्रकार सम्मेलनमा छोरासँग बसेको तीन तस्बिर इन्स्टाग्राममा ‘माई बेस्ट मेट, ड्याडी लभ्स यु’ लेखेर राखेका छन् ।

रसिया विश्वकपको अभ्यासका बेला पनि नेइमारका छोरा उनीसँगै हुन्थे । अभ्यास चलिरहँदा पनि बीचबीचमा उनी छोरालाई हेर्न गइरहन्थे ।

उरुग्वेसँगको मैत्रीपूर्ण खेलपछि आउँदो बुधबार राथि ब्राजिलले क्यामरुनसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment