Comments Add Comment

ब्रह्मचारीभन्दा सेक्स गर्ने मान्छे बढी स्वस्थ !

समस्या- म ४५ वर्षको विवाहित पुरुष हुँ । श्रीमतीसँग महिनामा २-३ पटक मात्र यौनसम्बन्ध हुने गरेको छ । श्रीमतीसँग मनमुटाब भइरहने भएकाले मलाई यौन कृयाकलापमा त्यती चासो नलागेको हो । यौन सम्पर्कतिर मन जान्छ भनेर म मनलाई अरु नै तिर लगाउँछु । तत्काललाई यसले मलाई धेरै बेफाइदा नगरे पनि श्रीमतीसँगको प्रेम चाहिँ विस्तारै कम भएको हो कि जस्तो लाग्छ ।

तपाईंलगायत विभिन्न विज्ञको लेखहरु पद्दा यौन कृयाकलापले धेरै किसिमको फाइदा गर्दछ भन्ने लेखेको हुन्छ । यसले जोडीको र शरीरको स्वास्थामा पनि सकारात्मक असर गर्दछ भन्ने लेखिएको हुन्छ । के यो कुरा अनुसन्धानबाटै निस्किएको निचोड हो कि मनोबैज्ञानिक उपचार मात्र गर्न खोजिएको हो ?

अब उमेर पनि ४५ पुगिसक्यो । के मैले श्रीमतीसँगको सम्बन्धलाई बलियो बनाउन जरुरी छ र ? छ भने सम्बन्ध सुधार गर्न कुन कुरामा ध्यान दिनुपर्छ ?

जति सक्नु हुन्छ, श्रीमतीसँग नजिक रहनुहोस्

तपाईले लेखहरुमा पढ्दै आइरहनुभएको यौनसम्बन्धी कुरा साँचो हो । पहिले विभिन्न आस्त्रहरुले विवाहित मानिसभन्दा अविवाहित विशेष गरी ब्रम्हचर्यमा बसेको मान्छे स्वस्थ हुन्छ भन्ने मान्यता थियो । तर, यससम्बन्धी विभिन्न अध्ययन अनुसन्धानपछि अविवाहित मानिसको जीवन, विवाहित मानिसको जीवन बढी स्वस्थ भएको देखियो ।

विशेषगरी भद्र र आवश्यक मात्राको यौन क्रियाकलापहरुले जीवनमा सकारात्मक असर पारेको हुन्छ । यो प्राकृतिक कुरा हो र यसले मानिसलाई एउटा नियमितता र अनुशासनमा अड्याएको हुन्छ ।

यौन कृयाकलापका फाइदा वा बेफाइदाका बारेमा धेरै खोजीहरु भएका छन् । ती अनुसन्धानहरुका अनुसार यौन कृयाकलापले शरीर र आत्मा दुबैलाई फाइदा पुग्छ । अध्ययनहरुले विवाहित पुरुषहरुमा हृदयघात कम हुने देखाएको छ । त्यसो भए प्रश्न उठ्छ, के अविवाहित पुरुषहरु अस्वस्थ हुने र हृदयघात भएका छैनन् र ?

यस विषयमा विषेशज्ञहरुले आफ्ना धेरै अध्ययनहरुको निष्कर्षमा भनेका छन्, बिवाहित मानिसको तुलनामा अविवाहित मानिसहरु कम हुन्छन् । यही कारण हृदयघात हुने मानिसहरु बिवाहित नै बढी देखिन्छ । तर, प्रतिशतको हिसाब हेर्दा हृदयघातको सम्भावना अविवाहितमा बढी देखिन्छ । यसको हुनुको कारणबारे उनीहरुले भनेका छन्, विवाहित पुरुषहरु लामो समयदेखि प्रेम र यौनसम्पर्कमा संलग्न हुन्छन् ।

तर, अर्को सत्य पनि उद्घाटित भएको छ । जो पुरुषको यौन र प्रेमसम्बन्ध लामो समयसम्म ठीक छैन, उनीहरुमा विभिन्न किसिमका स्वास्थ समस्या देखिने गरेको छ । त्यसमध्ये एउटा हृदयघात पनि हो ।

पेनसिल्भेनियाको स्कुल अफ मेडिसिनका डाक्टर माईकल किरिगलियानोले एक पाइला अघि सरेर यौन कृयाकलापलाई एक किसिमको शारीरिक व्यायाम भनेका छन । उनका अनुसार हप्तामा तीन पटक यौन सम्बन्ध राख्ने हो भने यसले झण्डै ७ हजार ५ सय क्यालोरी नष्ट गर्छ ।

यौन सम्बन्धका क्रममा छिटो छिटो श्वासप्रश्वास प्रवाहित हुन्छ । यसले उच्च बनाएर शरीरका सबै तन्तुहरुमा अक्सिजन मात्रा बढाउंछ । पर्याप्त मात्रामा प्रवाहित अक्सिजनले शरीरका अङ्गहरुलाई स्वस्थ राख्न मद्दत गर्दछ । यति मात्र होइन, यौन क्रियाकलापलाई सही ढंगले अगाडि बढाउँदाका अन्य फाइदाहरु पनि छन् ।

सिकागो नर्थ वेस्टर्न युनिर्भसिटीका डाईरेक्टरका डाक्टर करिन डोनाहेका अनुसार कुनै पनि किसिमका शारीरिक व्यायामले पुरुषमा टेष्टोटेरिन हार्मोन बढाउँछ र यो हार्मोन बढ्नाले पुरुषको हड्डी र मासंपेशीलाई बलियो बनाउँछ । नियमितरुपमा स्वस्थ यौन कृयाकलाप राख्नाले कोलेष्टोरलको मात्रालाई विस्तारै कम गर्छ ।

अमेरिकन एसोसियसन अफ सेक्स एजुकेटर डाक्टर विभरली विपलका अनुसार यौन क्रियाकलाप र अरग्याजमको क्रममा निस्कने हार्मोनका कारणले मांसपेसीमा र टाउकोमा हुने दुखाइलाई कम गर्न मद्दत गर्दछ । कुनै औषधिको प्रयोगविना डीएचईए हार्मोनको विकास हुन्छ । यो हर्मोन शरीरका लागि महत्वपूर्ण मानिन्छ । यो हार्मोन स्खलन हुनुभन्दा ठीक अगाडि निस्कन्छ । यौन क्रियाकलापका क्रममा यो हार्मोन सामान्य अवस्थामा निस्कने भन्दा तीनदेखि पाँच प्रतिशत बढीले निस्कने गर्छ ।

अनुसन्धानकर्ताहरु भन्छन्- ग्रन्थीमा बढ्ने एक प्रकारको तरल पदार्थले प्रोस्टेटको समस्या हुन्छ । उमेर छिप्पिँदै जाने क्रममा धेरै पुरुषहरुमा यो समस्या बढ्दै जाने गर्छ । नियमित स्खलनले यही तरल पदार्थलाई यौन क्रियाकलापका क्रममा बाहिर निकाल्ने काम गर्छ र प्रोस्टेटको समस्यालाई केही कम गर्न मद्दत गर्छ ।

जति सक्नु हुन्छ, श्रीमतीसँग नजिक रहनुहोस् । श्रीमती भनेको यौन साथी मात्रै होइनन्, जीवन साथी हुन् । हेर्दा उनीहरुसँग यौनसम्बन्ध मात्रै गाँसिएको हुँदैन, अञ्जानमै तपाईंले निशुल्क स्वस्थ शरीर र स्वस्थ मन पनि पाइरहनुभएको छ

पुरुषको स्वास्थाको विषयमा डोनाहेले यौनसम्बन्ध तनाबलाई कम गर्ने प्रभावकारी माध्यम हो भनेर भनेका छन् । यौन कृयाकलापले दुई जना वीचको सम्बन्धलाई नजिक बनाउँछ । स्त्री र पुरुषले एकअर्कालाई स्पर्श गर्दा ओक्सिटक्सिन नामक हार्मोन बढ्छ । यो हर्मोनलाई प्रेमको हर्मोन भनिन्छ । दुई व्यक्ति ल्याउने हार्मोन पनि यही नै हो । यसले यौनईच्छा बढाउन पनि मद्दत गर्छ । ओक्सिटोक्सिन हर्मोन नियमितरुपमा निस्कँदा यौन सम्बन्ध स्वस्थरुपमा अघि बढ्छ । नियमित यौन सम्बन्धले महिलामा इस्ट्रजिन हर्मोनलाई बढाउछ । यो हर्मोनले महिलाको मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ र योनीको तन्तुहरुलाई नरम बनाउने काम गर्दछ ।

यसरी सबै किसिमका अध्ययन र अनुसन्धानले यौन कृयाकलापले स्वास्थ्य र शरीरमा देखिने विभिन्न प्रकारका असन्तुलनहरुलाई ठीक गाउँमा राखेको देखाएको छ । ओहायो युनिर्भसिटीका मनोविद् क्रिस्टाेफर फगुन्डोसका अनुसार विवाहपश्चात् लागू पदार्थ दुर्व्यसनीको जोखिम पनि कम हुने देखाएको छ ।

अर्का मनेाचिकित्सक सुदिप्ता वर्मा भन्छन्, ‘जो एक्लोपन मन पराउँछ र वेखुसी छ । उ एक्लो हुने अवस्था धेरै हुन्छ र त्यसले उदासीपनालाई वढावा दिन्छ ।’ उनका अनुसार यस्ता व्यक्तिले यौन्ासाथी खोज्नु नै हीतकर हुन्छ । अर्को मनोविद् थियोदोर रोबल्स भन्छन्, ‘विवाह पश्चात् आफ्नो पार्टनरले के खानुपर्छ के खानु हुदैन भन्ने हेरचाह हुने हुँदा स्वास्थ्यमा सुधार हुने देखिएको छ ।

चिकित्सकहहरुले पनि सुखी दम्पत्तीले डाक्टरले दिएका सुझाव र निर्देशनहरुलाई राम्ररी पछ्याउछन् । जब कि एक्लो व्यक्तिलाई चिकित्सकले भनेका धेरै कुराले छुदैन वा उसले दिएका निर्देशन पच्छ्याउने उद्देश्य राख्दैन । यही कारण आजभोलि चिकित्सकले कसैको स्वास्थ जाँच गर्दा बिरामीको विवाह भएको छ वा ऊ प्रेममा छ कि छैन भन्ने कुरालाई पनि ध्यानमा राख्न थालेका छन् ।

यी सबै कारणले मैले तपाईंलाई दिने सुझाव भनेको जति सक्नु हुन्छ, श्रीमतीसँग नजिक रहनुहोस् । श्रीमती भनेको यौन साथी मात्रै होइनन्, जीवन साथी हुन् । हेर्दा उनीहरुसँग यौनसम्बन्ध मात्रै गाँसिएको हुँदैन, अञ्जानमै तपाईंले निशुल्क स्वस्थ शरीर र स्वस्थ मन पनि पाइरहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment