+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

प्रहरी वृत्त महाराजगञ्जमा निःशुल्क स्वास्थ्य शिविर

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर १ गते १३:५८

२५ कात्तिक, काठमाडौं । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले प्रहरी कर्मचारी तथा उनीहरुको परिवारलाई लक्षित गरेर निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

शनिबार दिउँसो वृत्त परिसरमा स्वास्थ्य शिविर गरिएको हो ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) फडिन्द्र प्रसाईंका अनुसार शिविरमा ५ सय ३० जना प्रहरी कर्मचारी तथा प्रहरी परिवार लाभान्वित भएका छन् ।

शिविरमा चिरायु अस्पताल, वसुन्धराले प्राविधिक सहयोग गरेको थियो । महानगरीय प्रहरी दिवसको अवसरमा शिविर राखिएको हो ।

‘२४ सै घण्टा ड्यूटीमा खटिने प्रहरी अधिकारीका लागि अब हरेक ६/६ महिनामा शिविर आयोजना गर्ने गरी हस्पिटलसँग सम्झौता भएको छ’, प्रसाईंले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?