Comments Add Comment

तिलोत्तमा प्रिमियर लिगः रोयल शंकरनगर र मणिग्राम किङ्गको सुखद सुरुवात

१ मंसिर, बुटवल । तिलोत्तमा पि्रमियर लिग क्रिकेटमा रोयल शंकरनगर र मणिग्राम किङले विजयी शुरुवात गरेका छन् ।

तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजीवन क्लवको खेल मैदानमा भएको उद्घाटन खेलमा शंकरनगरले रोयल च्यालेन्जर भैरहवामाथि ८ विकेटको जित निकालेको हो ।

शंकरनगरले टस जितेर फिल्डिङ्ग रोजेपछि ब्याटिङ्ग गर्न मैदान छिरेको रोयल च्यालेन्जर भैरहवाले पुरै ओभरमा सबै विकेट गुमाएर १२३ रनको लक्ष्य खडा गरेको थियो । रोयलका सन्दिप केसी र धिरज शाहीले २९-२९ रनको योगदान दिएका थिए ।

रोयल शंकरनगरका रोहित पौडेलले खेलमा ४ तथा नितेश थापा र सुशान्त भारीले समान २-२ विकेट लिएका थिए ।

जवाफमा शंकरनगरले १२.१ ओभरमा केवल २ विकेटको नोक्सानीमा जित हासिल गरेको थियो । शंकरनगरको जितमा सुनिलकुमार सार्कीले ४३ रन बनाए । सन्दिप सुनारले ३१ तथा बिशाल खत्रीले नटआउट ३६ रन जोडेका थिए ।

दोस्रो खेलमा दोस्रो खेलमा मणिग्राम किङ्गले नुसी वरियर्स मणिग्राममाथि ६ विकेटको जित निकालेको छ ।

नुसी वरिर्यसले टस जितेर ब्याटिङ्गको निणर्य गर्दै २० ओभरमा २ विकेटको नोक्सानीमा १ सय ६२ रनको लक्ष्य खडा गरेको थियो । महेश रानाले नटआउट ५५, अजय कौशिकले ५३ रन बनाए । दिपेन्द्र ऐरीले २ छक्का र ३ चौकाको मद्यतले ३२ रन जोडे ।

मध्यम लक्ष्य पछ्याएको मणिग्राम किङ्गले १९.१ ओभरमा ४ विकेटको नोक्सानीमा जित निकाल्यो । मणिग्रामका अमर सिह रौत्यालाले विष्फोटक ब्याटिङ्ग गरे । उनले ६ छक्का र एक चौकाको मदतले ४३ रन बनाए । सन्दिप रजालीले ३७ र इमरान खानले ३५ रनको योगदान दिएका थिए । नुसीका कुशल भुत्रेलले २ विकेट लिएका थिए ।

प्रतियोगिताको उपाधि बिजेता टिमले ट्रफिसहित नगद ३ लाख पाउनेछ भन उपबिजेताले १ लाख ५० हजारमा चित्त बुझाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment