Comments Add Comment

महिला विश्वकप क्रिकेटः समूह ‘बि’ को भारत विजेता र अष्ट्रेलिया उपविजेता

२ मंसिर, काठमाडौं । आईसीसी टि–ट्वान्टी महिला विश्वकप क्रिकेटको समूह ‘बि’ बाट भारत विजेता र अष्ट्रेलिया उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

दुई टिम १ खेल खेल्नु अघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका भएपनि विजेता र उपविजेताको टुंगो भने अन्तिम खेलको एक–आपसको प्रतिस्पर्धाबाट भएको हो ।

समूह ‘बि’ को आफ्नो अन्तिम खेलमा भारतले अष्ट्रेलियालाई ४८ रनले पराजित गर्दै समूह विजेता बनेको हो । १६८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेका अष्ट्रेलियाले निर्धारित २० ओभर सकिन २ बल बाँकी छदा सबै विकेटको क्षतिमाद ११९ रन मात्रै बनाउन सक्यो ।

यससअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६७ रन बनाएको थियो । भारतका लागि स्मृति मन्धनाले ८३ रन बनाएकी थिइन् ।

यो समूहबाट न्यूजील्यान्ड, पाकिस्तान र आयरल्यान्ड भने बाहिरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment