+
+

नेपाल प्रहरीको ‘निःशुल्क एसएमएस सेवा’

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २ गते १७:३८

२ मंसिर, काठमाडौं । नेपाल प्रहरीले ‘निःशुल्क एसएमएस सेवा’ संचालनमा ल्याएको छ ।

अपराध नियन्त्रणका लागि नागरिकको सूचना लिने कामलाई अझै सहज बनाउन नेपाल प्रहरीले आइतबारबाट ‘निःशुल्क एसएमएस सेवा’ पनि संचालनमा ल्याएको हो ।

१३ औं महानगरीय प्रहरी दिवसको अवसर पारेर आइतबार एक कार्यक्रमका बीच सो सेवाको शुभारम्भ गर्दै निमित्त प्रहरी महानिरीक्षक पुस्कर कार्कीले अपराध नियन्त्रणका लागि नागरिकसँग अझै सहज ढंगले सूचना लिन सो सेवाको पनि सुरुआत गर्नुपरेको स्पष्ट पारे ।

नेपाल प्रहरीको टोल फ्री नम्बर सयमा नै एसएसएस पठाउँदा शुल्क नलाग्ने व्यवस्था गरिएको छ । नेपाल प्रहरीलाई सो सेवा नेपाल टेलिकमले उपलब्ध गराएको हो ।

कार्यक्रममा बोल्दै निमित्त प्रहरी महानिरीक्षक कार्कीले सो सेवा निःशुल्क रुपमा उपलब्ध गराइ दिएकोमा नेपाल टेलिकमप्रति आभार व्यक्त गरे ।

उनले समाजमा शान्ति, सुरक्षा कायम गर्न र अपराध नियन्त्रणका लागि नेपाल प्रहरीले प्रविधिको विकास र विस्तारमा विशेष जोड दिएको पनि उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?