Comments Add Comment

एकादशीमा उपवासको फाइदा र विज्ञान

आज ठूलो एकादशी अर्थात हरिबोधनी एकादशी । धार्मिक, सामाजिक हिसाबले मात्र होइन, वैज्ञानिक हिसाबले पनि यसले खास अर्थ राख्छ ।

हरेक ४० देखि ४८ दिनमा मानव शरीर मन्डल नामक एक चक्रबाट गुज्रन्छ । यही चक्रमा यस्तो खास तीन दिन आउँछ, जुनबेला शरीरलाई भोजनको आवश्यक्ता पर्दैन । यदी हामीले यस दिनको पहिचान गर्न सक्यौ भने खानपिनको जरुरत हुँदैन । किनभने यतिबेला शरीरले भोजन माग गरेकै हुँदैन । यो जैविक पद्धतीबाट हाम्रो थुप्रै स्वास्थ्य समस्या स्वत हल हुन्छ । समाधान हुन्छ ।

शारीरिक तन्त्रको यस चक्रलाई धेरैजसोले पहिचान गर्न सक्छन् । यसका लागि उसले आफ्नो दिनमागबाट यो कुरा निकाल्नुपर्छ कि, कति क्यालोरी, कति प्रोटिन र कति मिनरल्स लिनु जरुरी छ । यदी मान्छेले आफ्नो शरीरको भाषा बुझ्न सक्यो भने यी तीन दिनलाई उनीहरुले सहजै पहिचान गर्न सक्छन् ।

तर, हामीमा यस्तो जागरुकता छैन, जसले गर्दा शरीरको भाषा बुझ्न सकौं । त्यही कारण उपवासका लागि एकादशीलाई निर्धारण गरिएको हो । अर्थात एकादशीको दिन उपवास बस्नुपर्छ भनेर तोकिएको हो ।

यदी हामीले ध्यान दिने हो भने ४८ दिनमा तीन वटा एकादशी आउँछ । यो एक संकेत हो । एकादशी एक यस्तो तिथि हो, जतिबेला पृथ्वी स्वय्म एक खास दशामा हुन्छ । यस दिन हामीले आफ्नो शरीरलाई हल्का राख्नुपर्छ । शरीरलाई शुद्ध र जागरुक अवस्थामा राख्नुपर्छ । त्यसैले उपवासको नियम राखिएको हो ।

उपवासको पनि धेरै विधि छन् । खाली पेट अर्थात केही पनि खानेकुरा नखाई उपवास बस्न सकिन्छ । कतिपयलाई शारीरिक कारणले यस्तो अनुकुलता हुँदैन । उनीहरुले फलाहार लिन सक्छन् । एकादशीमा उपवास बस्नुपर्छ भन्नुको अर्थ शरीरलाई हानी पुर्‍याउनेगरी केही नखानु भन्ने पनि होइन । यो शारीरिक आवश्यक्ता र अवस्थाको कुरा पनि हो ।

चन्द्रमाको हाम्रो जीवनमा महत्व

चन्द्रमाको अलग-अलग स्थितीको मानव शरीर र मनमा अलग अलग किसिमको प्रभाव रहन्छ । पूणिर्मादेखि अमावस्यसम्म र फेरी अमावस्याबाट पूणिर्मासम्म धेरै कुरा घटित हुन्छ । हामीलाई सबैथोक गर्नका लागि यो कुरा जान्न लाभदायक हुन्छ कि, चन्द्रमा कुन स्थितीमा छ ? किनभने यसले शरीरमा अलग किसिमको गुण र उर्जा पैदा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment