+
+
Shares

दोहारो अंकले घट्यो सेयर बजार

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २ गते १८:४४

२ मंसिर, काठमाडौं । साताको पहिलो दिन आईतबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ ।  आइतबार सेयर बजार १० दशमलव १४ अंकले घटेर नेप्से परीसूचक १ हजार १ सय ९४ दशमलव ८७ आइपुगेको हो ।

दिनरभरमा भएका ३ हजार ४ सय ८८ कारोबारबाट १ सय ४५ कम्पनीका १० लाख ७९ हजार ४ सय २७ कित्ता सेयरकिनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम भने ३३ करोड ३७ लाख ९६ हजार ९ सय २ रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

आइतबार नेपाल बैंक लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ भने सबै भन्दा धेरै पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले कमाएका छन् ।  यसैगरी समाता माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ताहरुले भने सबैभन्दा धेरै गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?