+

बेल्जियमलाई पराजित गर्दै स्वीट्जरल्यान्ड सेमिफाइनलमा, हरिसको ह्याट्रिक

२०७५ मंसिर  ३ गते ८:२० २०७५ मंसिर ३ गते ८:२०
बेल्जियमलाई पराजित गर्दै स्वीट्जरल्यान्ड सेमिफाइनलमा, हरिसको ह्याट्रिक

३ मंसिर, काठमाडौं । स्वीट्जरल्यान्डले यूईएफए नेसन्स लिग फुटबलमा बेल्जयमलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

आफ्नै मैदानमा भएको खेलमा स्वीट्रल्यान्डले बेल्जियमलाई ५–२ गोलअन्तरले पराजित गरेको हो । सुरुवाती समयमा नै दोब्बर गोलको अग्रता बेल्जियमले जोगाउन सकेन । खेलको दोस्रो मिनेटमा नै थोगन हजार्डले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए ।

फेरी खेलको १७ औं मिनेटमा उनले अर्को गोल गर्दै बेल्जियमलाई दोब्बर अग्रता दिलाएका थिए ।

शानदार सुरुवात गरेको बेल्जियमले यसपछि भने राम्रो प्रदर्शन गर्न सकेन । खेलको २६औं मिनेटमा नै पेनाल्टीबाट बेल्जियमले गोल खान पुगेको थियो । २६ औ मिनेटमा रिकार्डो रोड्रिग्वेजको गोलबाट स्वीट्जरल्यानडले २–१ गोलको स्थितिमा पुगेको थियो । स्वीजरल्यान्डको जितमा हरिसले ह्याट्रिक गोल गरे । ३१औं, ४४ औं र ८४औं मिनेटमा गोल गर्दै उनले ह्याट्रिक गोल पूरा गरेका थिए । त्यस्तै, खेलको ६२औं मिनेटमा निसो एलभिडीले गरेका थिए ।

 

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय