Comments Add Comment

श्रीलंकामा सर्वदलीय बैठक निष्कर्षविहीन, राजनीतिक संकट कायमै

४ मंसिर, काठमाडौं । श्रीलंकामा जारी राजनीतिक संकट समाप्त हुने तत्काल संकेत अझै देखिएको छैन । समस्या समाधानको प्रयासमा आइतबार राष्ट्रपति मैत्रीपाला सिरिसेनाले सर्वदलीय बैठक बोलाएका थिए । तर बैठक निष्कर्षविहीन भएको छ ।

प्रधानमन्त्री रणिल विक्रमासिंघेलाई हटाएर दुई पटक राष्ट्रपति बनिसकेका महिन्दा राजपाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । तर संसदमा आफ्नो बहुमत रहेको भन्दै विक्रमासिंघे पदबाट हटेका थिएनन् ।

त्यसैबीचमा राष्ट्रपति सिरिसेनाले संसद विघटन गरेका थिए । उक्त निर्णय सर्वोच्च अदालतले खारेज गरेको भोलिपल्ट संसदले प्रधानमन्त्रीमा विवादास्पद रुपमा नियुक्त भएका राजापाक्षेविरुद्ध अविस्वास प्रस्ताव पारित गरेको थियो । यही विवादका कारण संसदमा समेत दुई पक्षका सांसदबीच कुटाकुट भएको थियो ।

यो राजनीतिक द्वन्द्वका बीच आइतबार पहिलोपटक राजपाक्षे र विक्रमासिंघे पक्षका नेताहरु बैठकमा आमने-सामने भएका थिए । बैठकमा विक्रमासिंघेको पार्टीका नेताहरुले राष्ट्रपति सिरिसिनाको चर्को विरोध गरेको थियो । विक्रमासिंघेले आफूलाई गरिएको बर्खास्तगी असंवैधानिक र अवै भएको भन्दै अहिले पनि आफू नै प्रधानमन्त्री भएको बताएका थिए ।

बैठकमा सभामुख कारु जयसूर्या पनि अनुपस्थित रहेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् । राजापाक्षेविरुद्ध अविश्वासको प्रस्ताव पारित भएलगत्तै सभामुख जयसूर्याले अब देश प्रधानमन्त्रीविहीन रहेको प्रतिक्रिया दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment