+
+

सम्हालिन्न आमाको मन…

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ३ गते २०:२६

काठमाडौं । सन्तान बियोगको पीडा आमा र बुबाका लागि समान हुन्छ । तर, आमाको माया जस्तै आँशु पनि सहश्रधारा झर्ने रहेछ ।

एक वर्षअघि हृदयघातका कारण एकमात्र छोरा गुमाएकी नेकपा अध्यक्ष प्रचण्ड पत्नी सीता दाहाल पुत्र वियोगबाट अझै तंगि्रन सकेकी छैनन् भन्ने सोमवार प्रष्टै देखियो ।

तीन वर्षअघि जेठी छोरी ज्ञानुको क्यान्सरका कारण निधन भएको थियो । पुत्री वियोग र आफ्नै शरीरले खेपिरहेको रोगबाट कमजोर बन्दै गएकी सीता पुत्र वियोगपछि सामान्य अवस्थामा फर्किन सकेकी छैनन् ।

सोमबार प्रकाश दाहालको प्रथम स्मृतिको सन्दर्भमा प्रचण्ड निवास खुमलटारमा आयोजित श्रद्धान्जली कार्यक्रममा पनि सीतालाई सम्हालिन दुई छोरी रेणु र गंगाले मात्र सकेनन् ।

प्रचण्ड आफैं उनलाई पटकपटक सम्हालिरहेका थिए । छोरा सम्झेर घरी भक्कानिने, घरी जुरुक्कै उठ्न खोज्ने सीता पटकपटक डाँको छाडेर रुन खोज्दा प्रचण्डले सम्झाएका थिए । प्रचण्ड आफैं सम्हालिन गाह्रो परिरहेको त्यो क्षण निकै भाबुक बनेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?