Comments Add Comment

यस्तो छ ईपीएलको खेल तालिका, पहिलो खेलमा विराटनगर र ललितपुर

३ मंसिर, काठमाडौं । एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । मंसिर २२ गते सुरु हुने प्रतियोगिता पुस ७ गते सकिने छ ।

प्रतियोगितामा सबैले एकअर्कासँग खेलेपछि समूह चरणका खेलहरु पुस २ गते सकिने छन् । त्यसपछि समूहको शीर्षमा रहने र दोस्रोमा रहने टिमले पहिलो क्वालिफायर खेल्ने छन् । जसको विजेता फाइनल प्रवेश गर्ने छन् ।

फाइनलमा अर्को टिमका लागि तेस्रो हुने र चौथो हुनेबीच इलिमिनेटर खेल हुने छ । जसको विजेताले पहिलो क्वालिफायरमा पराजित हुने टिमसँग दोस्रो क्वालिफायर खेल्नुपर्नेछ र विजेता फाइनल पुग्नेछ ।

यस्तो छ खेल तालिका

मंसिर २२ – विराटनगर वारियर्स भर्सेस ललितपुर प्याट्रियोट्स

मंसिर २३ – ललितपुर प्याटि्रयोट्स भर्सेस चितवन टाइगर्स

भैरहवा ग्लाडियटर्स भर्सेस पोखरा राइनोज

मंसिर २४ – चितवन टाइगर्स भर्सेस काठमाडौं किंग्स इलाभेन

पोखरा राइनोज भर्सेस ललितपुर प्याट्रियोट्स

मंसिर २५ – विराटनगर वारियर्स भर्सेस पोखरा राइनोज

चितवन टाइगर्स भर्सेस भैरहवा ग्लाडियटर्स

मंसिर २६ – भैरहवा ग्लाडियटर्स भर्सेस विराटनगर वारियर्स

काठमाडौं किंग्स इलाभेन भर्सेस ललितपुर प्याट्रियोट्स

मंसिर २७ – रेस्ट डे

मंसिर २८ – विराटनगर वारियर्स भर्सेस चितवन टाइगर्स

पोखरा राइनोज भर्सेस काठमाडौं किंग्स इलाभेन

मंसिर २९ – भैरहवा ग्लाडियटर्स भर्सेस काठमाडौं किंग्स इलाभेन

चितवन टाइगर्स भर्सेस पोखरा राइनोज

पुस १ – ललितपुर प्याटि्रयोट्स भर्सेस भैरहवा ग्लाडियटर्स

पुस २ – काठमाडौं किंग्स इलाभेन भर्सेस विराटनगर वारियर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment