+
+
WC Series
पोखरा एभेन्जर्स 2025
131/4 (16.1)
VS
२३ बलमा ३५ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

निसान मोटरका अध्यक्ष पक्राउ, भ्रष्टाचारको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ४ गते ७:३१

४ मंसिर, काठमाडौं । जापानको कार कम्पनी निसान मोटरका अध्यक्ष कार्लोस घोसलाई प्रहरीले पक्राउ गरेको छ । जापानी मिडियाका अनुसार वित्तीय कानुनको उल्लंघन गरेकाले उनलाई प्रहरीले पक्राउ गरेको हो ।

६४ वर्षीय कार्लोसमाथि वास्तविक आम्दानी लुकाएको र कम्पनीको आम्दानीलाई निजी प्रयोगमा खर्च गरेको आरोप लागेको छ ।

कार्लोस घोस फ्रान्सको अटो कम्पनी रेनोको पनि अध्यक्ष र कार्यकारी प्रमुख अधिकृत (सीईओ) हुन् । कार्लोस जापानका टप सीईओहरुमध्ये एक हुन् ।

सन् १९९९ मा रेनोले निसानको शेयर खरिद गरेको थियो । त्यसपछि कार्लोस निसानसँग जोडिए र सन् २००१ मा सीईओ बन्न सफल भए । निसान कम्पनी धरासायी हुनबाट जोगाएको श्रेय कार्लोसलाई नै जान्छ ।

भ्रष्टाचारको आरोप लागेकाले सम्भव कार्लोसलाई प्रमुख पदबाट हटाइने समाचार एजेन्सीहरुले जनाएका छन् । निसान कम्पनीकै एक डाइरेक्टर ग्रेग केलीलाई पनि भ्रष्टाचार आरोप लागेको छ । उनलाई पनि त्यस्तै प्रकृतिको कारबाही हुने समाचारमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?