+

जर्मनीविरुद्ध नाटकीय प्रदर्शन गर्दै नेदरल्यान्ड्स सेमिफाइनलमा

२०७५ मंसिर  ४ गते ८:१८ २०७५ मंसिर ४ गते ८:१८
जर्मनीविरुद्ध नाटकीय प्रदर्शन गर्दै नेदरल्यान्ड्स सेमिफाइनलमा

४ मंसिर, काठमाडौं । नेदरल्याण्ड्सले युईएफए नेसन्स लिग फुटबलमा जर्मनीविरुद्ध नाटकीय प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान बनाएको छ ।

मंगलबार विहान भएको खेलमा जर्मनीलाई नेदरल्यान्ड्सले २–२ गोलको बराबरीमा रोक्न सफल भयो । आफ्नै घरेलु मैदानमा भएको खेलमा सुरुवाती समयमा नै लिएको दोब्बर अग्रतालाई जर्मनीले जोगाउन सकेन ।

जर्मनीका लागि टिमो वार्नरले खेलको नवौ मिनेटमा नै गोल गर्दै अग्रता दिलाएका थिए । खेलको १९औं मिनेटमा लिरो सानेले गोल गर्दै जर्मनीलाई दोब्बर अग्रतामा पुर्‍याएका थिए । पहिलो हाफमा २–० गोलको अग्रता बनाएको जर्मनीले दोस्रो हाफमा नेदरल्यानड्सलाई रोक्न सकेन ।

खेलको ८५औं मिनेटमा क्विन्सी प्रोमिसले गोल गर्दै नेदरल्यान्ड्सलाई २–१ गोलको स्थितिमा पुर्‍याएका थिए । त्यस्तै खेलको अतिरिक्त समयमा भर्जिल भान डिजिकले गोल गरेपछि जर्मनीसँग नेदरल्यान्ड्सले २–२ गोलको बराबरी खेलको हो ।

अन्तिम समयमा नाटकीय प्रदर्शन गर्दै सेमिफाइनल पुगेको नेदरल्यान्ड्सले विश्व विजेता फ्रान्सलाई पनि पछि पारेको छ । समूह ए को वानमा रहेको नेदरल्यान्ड्सले दुई खेलमा जित र एक खेलमा बराबरी खेल्दै सात अंक बनाएर शीर्ष स्थानमा रहंदै सेमिफाइनलमा पुगेको हो ।

विश्वविजेता फ्रान्सले पनि तीन खेलमा दुई खेलमा जित र एक खेलमा बराबरी खेल्दै सात अंक नै बनाएको थियो । तर गोलअन्तरमा पछि पर्दै दोस्रो स्थानमा रहेको हो । जर्मनी भने तीन खेलमा दुई खेलमा बराबरी र एक खेलमा हार ब्यहोर्दै २ अंकमा सिमित बन्यो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय