Comments Add Comment

निर्माण उपकरणको प्रदर्शनी ‘सिआइआई कन्म्याक २०१८’ हुँदै

४ मंसिर, काठमाडौं । भारतीय उद्योग परिसंघ (सीआईआई)ले नेपालको सबैभन्दा ठूलो निर्माण उपकरण प्रदर्शनी ‘सिआईआई कन्म्याक २०१८’ को आयोजना गर्ने भएको छ ।

प्रदर्शनी भक्तपुरको सल्लाघारी स्थित ओपन ग्राउण्डमा २२ देखि २४ नोभेम्वर २०१८ सम्म आयोजना हुनेछ । तीन दिने प्रदर्शनीमा १ सय ५० भन्दा बढी प्रदर्शकहरुले २ लाख ५० हजार वर्गफिट क्षेत्रफलको आयोजनास्थलमा आफ्ना उपकरण तथा प्रविधि प्रदर्शन गर्नेछन् ।

यो प्रदर्शनीको देशभरबाट १० हजार भन्दा बढी व्यवसायिक अवलोकनकर्ताहरुले अवलोकन गर्ने अपेक्षा गरिएको छ । यो प्रदर्शनी नेपालस्थित भारतीय राजदूतावाससँगको सहकार्यमा आयोजना हुन लागेको हो । प्रदर्शनी एशियन इन्स्टिच्यूट अफ डिप्लोमेसी एण्ड इन्टरनेसनल अफियर्ससंगको परामर्शमा आयोजना हुन लागेको हो । जसमा नेपाल निर्माण ब्यवसायी महासंघको सहयोग रहेको छ । भारतीय निर्माण उपकरण निर्माता एसोसिएशन यसको सेक्टर पार्टनरको रूपमा रहेको छ ।

भारत सरकारको सहभागितामा आयोजना हुने सीआईआई कन्म्याक २०१८ नेपालको पुर्वाधार क्षेत्रको तिव्र विकासकालागि ठूलो अवसर हुनेछ । यस्तो प्रकारको प्रदर्शनीलाई विश्वस्तरको निर्माण उपकरण सामाग्रिहरु एकै स्थानमा प्रदर्शीत गर्ने एउटा बलियो प्लेटफर्मको रुपमा लिइएको छ ।

नेपालले कुशल जनशक्तिको ठूलो कमी सामना गरिरहेको अवस्थामा यो प्रदर्शनीले निर्माण ब्यवसायीलाई हाल अन्तर्राष्ट्रियस्तरमा उपलब्ध उत्कृष्ट उपकरण तथा प्रविधिको जानकारी दिई सहयोग पुर्याउने र निर्माण क्षेत्रको क्षमतामा अभिवृद्धि गर्ने उद्धेश्य लिएको छ ।

साथै यस प्रदर्शनीले विश्वस्तरको इन्फ्रास्ट्रक्चर निर्माताहरूसँग अवसर र चुनौतीहरूका बिषयमा सहभागीहरूलाई छलफल र संवादको अवसर पनि उपलब्ध गराउनेछ । प्रदर्शनीमा अन्तर्राष्ट्रिय स्तरका निर्माण सामाग्रि एवं उपकरणहरु सँगसँगै उपलब्ध हुनेछन् ।

यसको अतिरिक्त प्रदर्शनीले निर्माण ब्यवसायीहरूको लागि नविनतम प्रविधि र क्षमता अभिवृद्धिमा सघाउ पु¥याउनेछ । साथै उनीहरुले उपकरण निर्माताहरू द्वारा प्रदान गरिने विशेष अफरहरूको फाइदा लिन सक्नेछन् । प्रदर्शनीले विभिन्न सहभागीहरुलाई निर्माण सम्वद्ध मशीनरी र प्रविधिलाई तुलना गर्न ब्यवसायीलाई मद्दत पुर्याउनेछ र निर्माण उपकरणको खरीदमा निर्णय लिन र फाइनान्सको सुविधा लिन सघाउने छ ।

काठमाडौमा शोमबार आयोजित पत्रकार सम्मेलनमा सीआईआई कन्म्याक २०१८ तथा एमएडब्ल्यू अर्थमुभरका अध्यक्ष विष्णु अग्रवालले विश्वस्तरीय निर्माण उपकरणहरु  एकै स्थानमा अवलोकन गर्नका लागि यस प्रदर्शनी अद्वितीय प्लेटफर्मको रूपमा रहने बताए ।

त्यस्तै, सीआईआई कन्म्याक २०१८ का सदस्य तथा एफजी इन्कर्पोरेटेडका निर्देशक केदार लामिछानेले नेपाल र भारतबीचको सम्बन्धका साथसाथै व्यापारको आयतन, प्रदर्शनीको व्यापक सम्भावना र सीआईआई कन्म्याकले पार्ने सकारात्मक प्रभाव लाई पनि प्रकाश पारे ।

नेपाल निर्माण ब्यवसायी महासंघका उपाध्यक्ष ए डी लामाले नेपालका निर्माण ब्यवसायीहरुलाई यो प्रदर्शनीको महत्वको बारेमा जोड दिए । नेपालमा निर्माण उद्योगको तिव्र वृद्धि एवं ब्यवसायिक अवसरहरूको प्रवाहकालागी सीआईआई कन्म्याक २०१८ फलदायी हुनेछ ।

जसले देशमा व्यवसायीक वातावरण निर्माण गर्ने सबैभन्दा बलियो आधार प्रदान गर्नेछ । यसले नेपालको इन्फ्रास्ट्रक्चर र निर्माण परिदृश्यको विकासका लागि एक नयाँ मार्गनिर्देशन गर्दै जानेछ । ओर्जिनल इक्विपमेण्टका निर्माताहरूले यस क्षेत्रमा संरचनाको तीव्र विकासमा जोड दिएका छन, यसर्थ यो क्षेत्रको निर्माणको लागि नवीनतम मशीनरी र टेक्नोलोजी लाई विस्तार गर्न आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment