+

विमल ट्रायलका लागि बेल्जियम जाने

२०७५ मंसिर  ४ गते १६:३६ २०७५ मंसिर ४ गते १६:३६
विमल ट्रायलका लागि बेल्जियम जाने

४ मंसिर, काठमाडौं । नेपाली फुटबल टिमका युवा स्ट्राइकर विमल घर्तिमगर ट्रायलका लागि बेल्जियम जाने भएका छन् ।

च्यासल युथ क्लबबाट ए डिभिजन लिग फुटबल खेल्दै आएका विमल करिब १० दिनपछि बेल्जियमको क्लबमा ट्रायल दिन जाने भएका हुन् । च्यासल युथ क्लबका टिम टिम म्यानेजर शंकर ब्यञ्जनकारले विमल केहीदिनमा ट्रायलका लागि बेल्जियम जाने जानकारी दिए ।

उनले भने, ‘भोलि बाहिर जाने भनेर रिलिज गरेका थियौं । तर उसको १०-१२ दिन सर्ने भयो । त्यही भएर हामी पछि नै रिजिल गर्छौ । विमलले ए डिभिजन लिगको तेस्रो र चौथो राउण्डको खेल खेल्छ ।’

विमल कुन क्लबमा ट्रायल दिन जानु लागेको हो भन्ने आफूलाई थाहा नभएको म्यानेजर ब्यञ्जनकारले बताए ।

विमल घर्तिमगर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय