Comments Add Comment

विमल ट्रायलका लागि बेल्जियम जाने

४ मंसिर, काठमाडौं । नेपाली फुटबल टिमका युवा स्ट्राइकर विमल घर्तिमगर ट्रायलका लागि बेल्जियम जाने भएका छन् ।

च्यासल युथ क्लबबाट ए डिभिजन लिग फुटबल खेल्दै आएका विमल करिब १० दिनपछि बेल्जियमको क्लबमा ट्रायल दिन जाने भएका हुन् । च्यासल युथ क्लबका टिम टिम म्यानेजर शंकर ब्यञ्जनकारले विमल केहीदिनमा ट्रायलका लागि बेल्जियम जाने जानकारी दिए ।

उनले भने, ‘भोलि बाहिर जाने भनेर रिलिज गरेका थियौं । तर उसको १०-१२ दिन सर्ने भयो । त्यही भएर हामी पछि नै रिजिल गर्छौ । विमलले ए डिभिजन लिगको तेस्रो र चौथो राउण्डको खेल खेल्छ ।’

विमल कुन क्लबमा ट्रायल दिन जानु लागेको हो भन्ने आफूलाई थाहा नभएको म्यानेजर ब्यञ्जनकारले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment