+
+

स्वास्थ्य सहायक बेपत्ता, बिरामी मारमा

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ५ गते ११:२६

५ मंसिर, महोत्तरी । जिल्लाको एकडारा गाउँपालिका–५ कोल्हुवा बगेया स्वास्थ्य चौकीका स्वास्थ्य सहायक चन्दनकुमार साह २० दिनदेखि बेपत्ता भएका छन् । साह बेपत्ता भएपछि बिरामी मारका परेका छन् ।

साह कहाँ कुन अवस्थामा रहेको भन्ने बारेमा कुनै जानकारी नभएको एकडारा गाउँपालिका–५ का वडाध्यक्ष शेराजुद्दिन अन्सारीले बताए । उपचारका लागि आउने बिरामीलाई निकै सास्ती भएको त्यहाँ कार्यरत अनमी प्रतिमा चौधरी पौडेलले बताइन् ।

स्वास्थ्य चौकीमा दैनिक ७० देखि ८० बिरामी उपचारका लागि आउने गरेका छन् ।

यसैबीच, महोत्तरीको सोनमा गाउँपालिका–३ खखना गाउँमा डकैती गरेको अभियोगमा प्रहरीले सोमबार तीन जनालाई पक्राउ गरेको छ ।

आइतबार राति १२ देखि १४ जनाको समूहमा आएका डाकाले खखना गाउँका ललिन यादवसहित तीन जनाको घरमा रु सात लाख बराबरको धनमाल लुटपाट गर्नुका साथै पाँच जनालाई धारिलो हतियार प्रयोग गरी घाइते बनाएका थिए ।

प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार तीनै जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?