Comments Add Comment

आइटम गीतमा निश्चलको व्यस्तता, फिल्म निर्देशन कहाँ पुग्यो ?

निर्देशक निश्चल बस्नेतले बनाएको ‘लुट’ चलचित्रको चर्चा नेपाली चलचित्र बजारमा लामो समयसम्म चल्नेछ । किनकी, यो चलचित्रले नेपाली चलचित्र मेकिङको शैली फेरेको थियो । तर, ‘लुट’को सिक्वेल बनाएपछि भने निर्देशक बस्नेतले आफ्नो शैली नै बदलेका छन् ।

उनी अहिले निर्देशक भन्दा पनि आइटम ब्याइ बनेका छन् । निश्चलले चलचित्र निर्देशन गर्न हतार नगर्ने बताएका छन् । चलचित्र ‘लुट २’ निर्देशन गरेपछि पछुताएको बताउँदै आएका निश्चलले यसपछि भने निर्देशनमा हात हाल्ने आँट गरेका छैनन् । उनी अर्को बर्षसम्म चलचित्र निर्देशन नगर्ने बताउँछन् ।

चलचित्रमा अभिनय र आइटम नृत्यमा व्यस्त निश्चलको माग पनि यसमै बढी छ । उनै निश्चलले चलचित्र ‘गरुड पुराण’को एक गीतमा पनि नृत्य गरेका छन् । बिहिबार सार्वजनिक हुन लागेको ‘म त पिरिममा’ बोलको गीतमा निश्चलसँगै कर्मा, प्रियंका सिंह ठकुरी र अन्जली योन्जन देखिएका छन् । गीतमा कोशिश क्षेत्रीको संगीत, दिनेश राउतको शब्द र कोशिश र मनिषा पोखरेलको आवाज छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment