+
+
WC Series
पोखरा एभेन्जर्स 2025
114/4 (14.6)
VS
३० बलमा ५२ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

राजदूतमा सिफारिस व्यक्तिबारे गुनासो छ ? उजुरी गर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ७ गते ९:३१

७ मंसिर, काठमाडौं । संसदीय सुनुवाइ समितिले राजदूतमा सिफारिस ४ व्यक्तिविरुद्ध उजुरी आह्वान गरेको छ ।  सरकारद्वारा सिफारिस राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया थाल्न समितिले शुक्रबार उजुरी आह्वान गरेको हो ।

गत कात्तिक २४ गते सरकारले  नीलाम्बर आचार्यलाई भारत, उदयराज पाण्डेलाई मलेसिया, कृष्ण ढकाललाई संयुक्त राज्य इमिरेट्स (यूएई) र अञ्जान शाक्यलाई इजरायलको राजदूतमा सिफारिस गरेको थियो

नेपालको संविधानको धारा २९२ मा नियुक्तिपूर्व राजदूतहरुको सिफारिस संसदीय सुनुवाइ समितिमा हुनुपर्ने व्यवस्था छ ।  यही प्रावधान अनुसार, प्रक्रिया थाल्न समितिले उजुरी मागेको हो ।

राजदूतमा सिफारिस व्यक्ति नियुक्तिका लागि अयोग्य लागेमा स्पष्ट आधार तथा सबुत प्रमाणसहित उजुरी पेश गर्न समितिले आह्वान गरेको छ ।

मंसिर १७ गते कार्यालय समयभित्र पहिचान खुलाएर  उजुरी दिन सकिने छ ।  उजुरीकर्ताले चाहेमा  पहिचानसमेत गोप्य राखिने भएकाले ढुक्क भएर उजुरी गर्न समितिले सबैमा आग्रह गरेको छ ।

समितिको कार्यालयमा सोझै उपस्थित भएर तथा फोन,इमेल र फ्याक्समार्फत् उजुरी दिन सकिने व्यवस्था समितिले मिलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?