Comments Add Comment

बजारमा आएको एक महिनामै नयाँ आइफोनको मूल्य घट्ने

एप्पलले लञ्च गरेको एक महिनामै आइफोन एक्स आरको मूल्य कटौती गर्ने तयारी गरेको छ ।

समाचार अनुसार जापानमा आइफोन एक्स आरको मूल्य घटाउने तयारी एप्पलको रहेको छ ।

यदि यस्तो निर्णय भएमा एक महिनामै मूल्य घटाइएको एप्पलको पहिलो आइफोन हुनेछ ।

वालस्ट्रिट जर्नलको रिपोर्ट अनुसार आइफोन एक्स आरको मूल्य प्रभावकारी रुपमा कटौती गर्नका लागि एप्पलले जापानी टेलिकम अपरेटरहरुलाई सहुलियत दिनेछ ।

जापानमा आइफोन एट अहिलेसम्म पनि सबैभन्दा लोकप्रिय आइफोनको रुपमा रहँदा नयाँ आइफोन एक्स आरप्रति जापानी प्रयोगकर्ताको रुचि खासै नदेखिएपछि एप्पलले मूल्य घटाउने नयाँ उपाय सोचेको बताइएको छ ।

यद्यपि, यसबारेमा एप्पलले कुनै आधिकारिक जानकारी बाहिर ल्याएको छैन । साथै आइफोन एक्स आरको मूल्य कतिसम्म कटौति हुने भन्नेपनि सार्वजनिक भएको छैन ।

स्मरण रहोस् एप्पलले हालैमात्र पछिल्लोपटक लञ्च गरिएका आइफोन एक्स आरसँगै तिनवटै आइफोनको उत्पादनमा कटौति गर्ने निर्णय गरेको समाचार बाहिरिएको थियो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment