Comments Add Comment

‘गरुड पुराण’मा निश्चल र कर्मासँगै प्रियंका र अन्जलीको हट आइटम

चलचित्र ‘गरुड पुराण’को आइटम गीत सार्वजनिक गरिएको छ । ‘म त पिरिममा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । यो गीतको भिडियोमा निर्देशक निश्चल बस्नेतको साथमा चलचित्रका मुख्य कलाकारद्धय कर्मा र प्रियंका सिंह ठकुरीलाई फिचरिङ गरिएको छ ।

गीतमा निश्चलको जोडीको रुपमा अन्जली योञ्जन देखिएकी छिन् । कोशिष क्षेत्रीको संगीत, दिनेश राउतको शब्द रहेको गीतमा कोशिश र मनिषा पोखरेलको स्वर छ । रेनशा वान्तवा राइको कोरियोग्राफी रहेको गीतको भिडियो आकर्षक छ । कमेडी कथामा निर्माण भएको चलचित्रका निर्देशक सुवास कोइराला हुन् ।

आकाश बराल, बिनोद खतिवडा र सुवाले यो चलचित्रको कथा लेखेका हुन् । सुशन प्रजापतिको छायांकन रहेको चलचित्रलाई उज्ज्वल ढकालले सम्पादन गरिरहेका छन् । माघ ४ गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment