Comments Add Comment

प्रोसेस्ड फूडः यसरी स्वास्थ्य खराब बनाउँछ

अँ, तपाईको भान्सामा के कस्ता खानेकुरा छन् ? याद गर्नुहोस् त । तपाईले भान्सामा रहेको वा आफुले दैनिक सेवन गर्ने खानेकुरा सम्झनुभयो । अब सोच्नुहोस् त, ति खानेकुरा कति प्राकृतिक छन् ?

यो प्रश्नमा तपाईको ध्यान भंग हुनसक्छ । किनभने तपाई/हाम्रो भान्सामा यस्ता थुप्रै खानेकुरा छन्, जो प्राकृतिक होइनन् । अर्थात तयारी अवस्थामा बजारबाट ल्याइएको ।

तपाई/हामीलाई थाहै छ, स्वस्थ्यको साइनो खानपान र जीवनशैलीसँग जोडिएको छ । यदी यी कुरा सही छ भने हामी निरोगी हुन्छौ । खानपानको अर्थ त्यही हो, जो हामी खान्छौ, त्यो पौष्टिक अर्थात न्युटि्रशियनले भरपुर हुनुपर्छ । जीवनशैलीको अर्थ संक्षेपमा भरपुर निद्रा लिनका साथै नियमित वर्कआउट गर्नु हो ।

तर, हाम्रो खानपान खराब हुँदै गएको छ । हामी धेरैजसो त प्रोसेस्ड फूडमा अभ्यस्त छौ । जबकी यस्तो खानपानमा पौष्टिक तत्व अर्थात न्युटि्रशन हुँदैन । प्याकेटमा पाइने फूडमा के उल्लेख हुन्छ भने, यी खानेकुरा प्राकृतिक हुन् । तर, यस्तो हुँदैन । यस्ता खानेकुरामा भ्रमक जानकारी राखिएको हुन्छ । विभिन्न खाद्य परीक्षणबाट त्यही पुष्टि भएको छ ।

जुन कुरामा प्राकृतिक अर्थात फार्म प|mेस लेखिएको हुन्छ, जरुरी छैन कि त्यो अग्र्यानिक हो । यसको उत्पादनका लागि विषादी प्रयोग गरिएको हुनसक्छ । वा जेनिटिकली मोडिफाइ हुनसक्छ ।

प्रोसेस्ड फूड त्यही फूड हो, जसलाई लामो समयसम्म राख्नका लागि संरक्षित गरिएको हुन्छ । यसमा केही किसिमको फ्लेवर र लामो समयसम्म टिकाउनका लागि केमिकल मिलाइएको हुन्छ । त्यही कारण प्रोसेस्ड फूड सेवन गर्दा त्यसले जति फाइदा हुन्छ, त्यो भन्दा बढी बेफाइदा गर्छ ।

के असर गर्छ ?

प्रोसेस्ड फूडको स्वाद त एकदम मिठो हुन्छ । किनभने त्यसलाई मिठो बनाउनकै लागि खास तयारी गरिएको हुन्छ । तर, यस्ता खानेकुराले स्वास्थ्यमा भने खराब प्रभाव पार्छ ।

पाचन प्रक्रियामा असर

प्रोसेस्ड फूडले पाचन यन्त्रलाई बोझिलो बनाउँछ । यस्ता खानेकुरा पचाउनमा निकै समस्या हुन्छ । यस्ता खानामा प्रोटिन, भिटामिन र फाइबर जस्ता गुण हुँदैन ।

इनर्जीको कमी

प्रोसेस्ड फूडमा भिटामिन र फाइबरको कमी हुन्छ, त्यही कारण शरीर कमजोर हुन्छ ।

प्रजननमा असर

प्रोसेस्ड फूडको सेवनले प्रजनन क्षमतामा नकारात्मक असर गर्छ । यो शरीरका लागि एकदम हानिकारक हुन्छ ।

क्यान्सर

विभिन्न अध्ययनबाट के पाइएको छ भने प्रोसेस्ड फूडमा प्रयोग गरिने रसायन क्यान्सरको पनि कारण वन्न सक्छ ।

हड्डी कमजोर

शरीरलाई स्वस्थ्य राख्नका लागि हड्डी बलियो हुनुपर्छ । तर, प्रोसेस्ड फूडले हड्डी कमजोर बनाउँछ । साथै जोर्नीको समस्या पनि निम्त्याउँछ ।

मिर्गौंलाको समस्या

यस प्रकारको खानेकुरामा फौस्फेट मिलाइएको हुन्छ, जसले सोझै मिर्गौलालाई असर गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment