+
+
Shares

‘जिरो’मा साहरुख–अनुष्काको यस्तो रोमान्स

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ७ गते १५:१७

डिसेम्बर २१ तारिखबाट रिलिज हुन लागेको चलचित्र ‘जिरो’मा समावेश पहिलो गीत सार्वजनिक गरिएको छ ।  ‘मेरे नाम तु’ बोलको गीतको भिडियो सार्वजनिक भएसँगै युटुबमा यसले हंगामा मच्चाएको छ । आनन्द एल राइको निर्देशनमा तयार भएको यो चलचित्रलाई गौरी खानले निर्माण गरेकी हुन् । हिमान्सु शर्माको लेखनमा तयार भएको चलचित्रको यो गीतमा अभय जोधापुरकारको स्वर, अजय–अतुलको संगीत, इर्शाद कामिलको शबद छ ।

युटुबमा गीतको २ मिनेटको मात्र भिडियो सार्वजनिक गरिएको छ । ट्रेलर सार्वजनिकसँगै चर्चामा रहेको यो चलचित्रको यो गीतले यसको हाइप अझै बढाउन पक्का छ । गीतको भिडियोमा नायक साहरुख खान र नायिका अनुष्का शर्मालाई फिचरिङ गरिएको छ । चलचित्रमा नायिका कट्रिना कैफको पनि मुख्य भूमिका छ । चलचित्रमा साहरुख होचो व्यक्तिको भूमिकामा देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?