+
+
Shares

मोटरसाइकलको ठक्करबाट रामेछापमा एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ७ गते १७:१०

७ मंसिर, रामेछाप । रामेछापको सदरमुकाम मन्थली नगरपालिका-१ भैसेश्वरमा शुक्रबार दिउँसो मोटरसाइकलले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

मोटरसाइकलको ठक्करबाट मन्थली नगरपालिका-६ हात्तिटारका ५५ वर्षीय काले माझीको मृत्यु भएको हो ।

मन्थलीको थापाचोकबाट मन्थली बजारतर्फ आउँदै गरेको बा५७प ४७२७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा माझीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सडकमा हिँडिरहेका बेला माझीलाई मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकल चालक प्रेम रानामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?