Comments Add Comment

मोटरसाइकलको ठक्करबाट रामेछापमा एकजनाको मृत्यु

७ मंसिर, रामेछाप । रामेछापको सदरमुकाम मन्थली नगरपालिका-१ भैसेश्वरमा शुक्रबार दिउँसो मोटरसाइकलले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

मोटरसाइकलको ठक्करबाट मन्थली नगरपालिका-६ हात्तिटारका ५५ वर्षीय काले माझीको मृत्यु भएको हो ।

मन्थलीको थापाचोकबाट मन्थली बजारतर्फ आउँदै गरेको बा५७प ४७२७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा माझीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सडकमा हिँडिरहेका बेला माझीलाई मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकल चालक प्रेम रानामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment