+
+
Shares

कांग्रेस प्रवक्ताको टिप्पणीः सरकार त एनजीओको कार्यक्रममा भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ८ गते २०:३८

७ मंसिर, काठमाडौं । विवादास्पद कार्यक्रम द एसिया प्यासिफिक समिट २०१८ मा सरकार सहआयोजक बनेकोमा प्रमुख विपक्षी दल कांग्रेसले आपत्ति जनाएको छ ।

क्रिश्चियन धर्म विस्तारका लागि स्थापना भएको युनिर्भसल पिस फेडरेसन (युपीएफ)को नेपाल शाखाले मंसिर १४ देखि १७ गतेसम्म प्रधानमन्त्रीको उपस्थितिमा काठमाडौंमा सम्मेलन गर्दैछ, जसमा सरकार र संघीय संसद सहआयोजक छ ।

‘द एसिया प्यासिफिक समिट २०१८’ नाम दिइएको कार्यक्रममा युपीएफका संस्थापक फादर मुन (डा. सन म्योङ मुन) की श्रीमती डा. हाक जा हान मुनलाई ‘जिससकी एक मात्र छोरी’ घोषणा गर्ने तयारी भइरहेको स्रोतले जानकारी दिएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार पत्रकार सम्मेलन गरी कञ्चनपुरमा भेटिनुपर्ने सरकार आईएनजीको कार्यक्रममा भेटिएको टिप्पणी गरे ।

छोरी निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई कारबाही गर्न माग गर्दै धर्नार्मा बसेका बुवाको मानसिक स्वास्थ्यमा समस्या आएको भन्दै उनले भने ‘मैले दुई दिनअघि पत्रकार सम्मेलन गरी सरकार कहाँ छ ? भनेको थिएँ । मैले सरकार यहाँ (एनजीओको कार्यक्रम) भेटेँ । सरकार यसरी भेटिनु कति कति सुखद छ ? एउटा एनजीओ आयोजक र सरकार सहआयोजक हुने कति सुन्दर छ ?’

निश्चित धर्म प्रचारका लागि समेत सम्मेलन हुन लागेको सुन्न आएको भन्दै उनले मुलुक धर्मनिरपेक्ष भएको नविर्सन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

यसबारे आफूले प्रधानमन्त्रीका सल्लाहकार र सांसद सचिवालयका महासचिवलाई समेत फोन गरेर यसबारे ध्यानाकर्षण गराएको प्रवक्ता शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?