९ मंसिर, काभ्रेपलाञ्चोक । पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणमा असहयोग गर्ने इन्जिनियरहरुको पहिचान थालिएको बताएका छन् ।
काभ्रेको सदरमुकाम धुलिखेलमा भएको जिल्ला स्तरीय निजी आवास पुनर्निर्माण समीक्षा कार्यक्रममा उनले इन्जिनियरहरु गाउँमा बस्नैपर्ने भन्दै गाउँमा नबस्नेलाई जागिरबाट हटाउने चेतावनी दिए ।
‘इन्जिनियरलाई चाहिने सेवा सुविधा बारेमा सरकारले थप काम गरिरहेको छ, केही इन्टेन्सिभ पनि सोचेको छ, तर गाउँ नगइ तलब थापे कारबाही हुन्छ’ सीईओ ज्ञवालीले भने ।
उनले सरकारी कोषबाट भूकम्पपीडितको खातामा पठाएको रकमसमेत बैंकमा महिनौं लुकाइने गरेको गुनासो आएको बताए । ‘कोलेनिकाबाट भुकम्प पीडितका नाममा पैसा ट्रान्सर्फर हुँदा पनि बैंकमा महिनौं लुक्ने गरेको गुनासो छ, त्यस्ता समस्या आए बैंकलाई कारबाही प्रक्रियामा अगाडि बढाइनेछ’ सीईओ ज्ञवालीले भने ।
ज्ञवालीले १९९० सालपछिको पहिलो संकट भएकाले पुनर्निर्माणमा जटिलताहरु धेरै भए पनि त्यसलाई समाधान गर्दै जाने महत्वपूर्ण अवसरसमेत भएको उनले बताए । दुई दिनसम्म चल्ने गोष्ठीमा जिल्लाका १३ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, कार्यकारी प्रमुख, इन्जिनियरहरु सहभागी छन् ।
प्रतिक्रिया 4