गीतकार डी आर उपाध्यायले एकसाथ ७ एल्बम बजारमा ल्याएका छन् । उनको ७ एल्बम तथा १ उपन्यास राष्ट्रकवि माधवप्रसाद घिमिरेले सार्वजनिक गरेका थिए । गीतकार उपाध्यायले घिमिरेलाई सम्मान तथा अभिनन्दन समेत गरेका थिए । उनले व्यक्तिगत रुपमा ५१ हजार सहित दोसल्ला तथा मालाले घिमिरेको सम्मान गरे ।
उक्त समारोहमा जखम, माउन्टेन मेलोडी, नसालु नजर, जोहो, अन्तराप, प्रतिनाद र सहेली एल्वम तथा दगाबाज उपन्यास सार्वजनिक गरिएको हो । सार्वजनिक एल्वममा बुलु मुकारुंग, सन्तोष श्रेष्ठ र सागर अधिकारीले संगीत गरेका छन् । एल्वममा एक दर्जन बढी गायक गायिकाहरुले स्वर भरेका छन् ।
‘प्रतिनाद सांगीतिक साँझ’ नाम दिईएको उक्त विमोचन कार्यक्रममा संगीतकार राजु सिंहको अगुवाईमा प्रत्यक्ष बाद्यबादन सहित ११ वटा गीत लाईभ प्रस्तुत गरिएको थियो । ३ वटा म्युजिक भिडियो पनि देखाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4