Comments Add Comment

रोजगारदाताले पनि ढुक्कसँग लगानी गर्ने वातावरण बन्योः मन्त्री विष्ट

११ मंसिर, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले श्रमिक र रोजगारदाता दुबैका लागि आज महत्वपूर्ण दिन भएको बताएका छन् ।
सरकारले हरेक वर्ष मंसिर ११ लाई सामाजिक सुरक्षा दिवसका रुपमा मनाउने उनको भनाइ छ ।

मंगलबार प्रज्ञा भवनमा आयोजित सामाजिक सुरक्षा योजना घोषणा कार्यक्रममा मन्त्री विष्टले आफ्नो भविष्य निश्चिन्त भइ श्रम गर्न पाउने वातावरण बनेको बताए । ‘रोजगारदाताले पनि ढुक्कसँग लगानी गर्ने वातावरण बनेको छ’, उनले भने ।

मंगलबारदेखि लागू भएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाले श्रमिक र प्रतिष्ठान दुवैको योगदान बढ्न गइ राष्ट्रिय अर्थतन्त्रमा समेत टेवा पुग्ने उनको विश्वास छ ।

यो पनि पढ्नुहोस सामाजिक सुरक्षा योजना : सुरेन्द्र पाण्डेको सोच, ‘मजदुर नेता’को जोड

यस्ता योजनाले श्रमिक र तिनका परिवारको भविष्य सुरक्षित पार्ने मन्त्री विष्टको दाबी छ । ‘विगतको जस्तो असुरिक्षत अवस्थाको अन्त्य गर्दै सुरक्षित भविष्य आरम्भ भएको छ, यसले सुखद परिवर्तन ल्याउनेछ’, उनले भने ।

योजना लागू भएसागै श्रमिक वर्ग र रोजगारदाताबीच मर्यादित वातावरण बन्ने श्रम मन्त्री विष्टले बताए ।

पहिलो चरणमा प्रतिष्ठानहरुमा कार्यरत श्रमिकहरु यो योजनामा सूचिकरण भइ लाभ लिन सक्ने उनले जानकारी दिए ।

यो पनि पढ्नुहोस अब कामदारलाई पेन्सन, उपदान र उपचार खर्चदेखि परिवारलाई राहतसम्म

स्वरोजगारमा रहेका व्यक्ति, अनौपचारिक क्षेत्रमा शारीरिक र बौद्धिक श्रम गर्ने श्रमिकलाई पनि यो योजनाको दायराभित्र समेट्नेले उनले बताए ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजना तयार पार्न र कानून निर्माण गर्नेक्रममा रोजगारदाता, विज्ञहरुसाग लामो छलफल भएको उनले बताए । ‘पछिल्लो ८ महिनामा योजना तर्जूमा र कार्यविधि बनाउन ठूलो मेहेनत गरेका छौं’, उनले भने ।

सबै श्रमिक र रोजगारदातालाई यो योजनामा सहभागी हुन मन्त्री विष्टले आव्हान गरेका छन् ।

यो पनि पढ्नुहोस रोजगारदाताले भने- सामाजिक सुरक्षा कार्यक्रमको कार्यान्वयन चुनौतीपूर्ण यो पनि पढ्नुहोस रोजगारदाताले पनि ढुक्कसँग लगानी गर्ने वातावरण बन्योः मन्त्री विष्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment