Comments Add Comment

निर्मलाका हत्यारा सरकारले नै लुकाएको छ : डा. केसी

११ मंसिर, कञ्चनपुर । प्रा. डा. गोविन्द केसीले सरकारले नै निर्मला पन्तका हत्यारालाई लुकाएको आरोप लगाएका छन् ।

घटना भएको चार महिना पुग्दासम्म पनि सरकारले अपराधीको पहिचान गर्न नसकेको भन्दै उनले सरकारलाई छिटो अपराधी पक्राउ गर्न माग गरे । निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै सुरु गरिएको धर्नामा आफनो ऐक्यबद्धता जाहेर गर्न मंगलबार महेन्द्रनगर पुगेका उनले आफू न्यायका लागि आएको बताए ।

निर्मला पन्तको परिवार र अधिकारकर्मीलगायतले सुरु गरेको अनिश्चितकालीन धर्नामा केसीले मंगलबार धर्ना स्थलमै पुगेर ऐक्यवद्धता जनाएका हुन । निर्मलाका हत्यारा पत्ता लगाउन सरकारलाई तीन साता (पुस २ सम्म) को अल्टिमेटम दिएको भोलिपल्ट डा. केसी महेन्द्रनगरस्थित अनशनस्थल पुगेका हुन् ।

हत्यारा पक्राउ नगरे पुस ३ गतेदेखि आमरण अनशन बस्ने डा. केसीको चेतावनी छ । गत कात्तिक २५ गतेदेखि छोरी हत्यामा संलग्नको पहिचान र कारबाहीको माग गर्दै निर्मलाको बुबाआमालगायत आफन्तले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको गेटमा अनिश्चितकालिन २४ घण्टे धर्ना गरेका छन् ।

धर्नाकै क्रममा निर्मलाका बुबाको स्वास्थ्यमा समस्या देखिएपछि हाल उनी उपचारका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।

यो पनि पढ्नुहोस यज्ञराज आईसीयुमा, दूर्गादेवीलाई पीरमाथि पीर !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment