Comments Add Comment

बल्खुबाट एक किलो ‘सुन’सहित ३ जना पक्राउ

१२ मंसिर, काठमाडौं । महानगरीय प्रहरी प्रभाग, बल्खुले एक किलो ‘सुन’सहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङ घर भइ ललितपुर सानेपा बस्दै आएका २८ वर्षीय गोपाल विक, सल्यान घर भइ पाटन बंगालामुखी बस्दै आएका २७ वर्षीय सञ्जय कुमार तिरूवा र दाङका २७ वर्षीय शिव कुमाल छन् ।

उनीहरुलाई बल्खु प्रभागबाट खटिएको सीआरभी टोलीले अवैध ‘सुन’सहित गएराति नियन्त्रणमा लिएको हो । यद्यपि, त्यो ‘सुन’ नक्कली या सक्कली हो भन्ने प्रहरीले छुट्टयाउन सकेको छैन । ललितपुर प्रहरीका एसपी शेखर खनालका अनुसार बरामद ‘सुन’ लार्इ परीक्षणका लागि पठाउने तयारी छ ।

महानगरीय प्रहरी प्रवक्ता एसएसपी पूजा सिंहका अनुसार उनीहरुलाई राति ११ बजे रोयल गेष्ट हाउस अगाडिबाट नियन्त्रणमा लिइएको हो ।

‘बा १० च ८९९२ नम्बरको टाटा डीआई गाडीलाई चेकजाँचको क्रममा सुन भेटिएको थियो’, उनले भनिन्, ‘सुनसहित इलेक्ट्रिक तराजु १ थान, धातु काट्ने कैंची १ थान र नगद ३६ लाख ६५ हजार रूपैयाँ पनि बरामद भएको छ ।’

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment