+
+

जोर विजोरको अवज्ञा गर्न गगन थापाको आहृवान

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर १३ गते १३:३८

१३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले जोर विजारको अवज्ञा गर्न आहृवान गरेका छन् । धर्मान्तरका लागि स्थापना भएको विवादित संस्थाको कार्यक्रमका लागि जनतालाई सास्ती दिनु खेदजनक भएको उनले बताए ।

जोर विजोरको अवज्ञा गर्न ‘युथ कांग्रेस नेपाल’ नामक संस्थाले गरेको आहृवान पोष्ट गर्दै थापाले फेसबुकमा लेखेका छन्, ”सही कामको लागि सरकारले आव्हान गर्दा जोर-विजोर मात्रै होइन गाडी नै नचलाउन र भोकै बस्न हामी तयार हुनुपर्छ । तर, धर्मान्तरको लागि स्थापना भएको विवादित संस्थाको कार्यक्रमका लागि जनतालाई सास्ती दिने सरकारको निर्णय खेदजनक छ । सरकारको गलत कामको अवज्ञा गर्नु नागरिकको कर्तव्य हो, अवज्ञा गरौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?