+
+
Shares

कीर्तिनिधि विष्ट राष्ट्रवादी नेता : प्रधानमन्त्री ओली

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर १४ गते १७:२२

१४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट राष्ट्रवादी नेता भएको स्मरण गरेका छन् ।

काठमाडौंमा शुक्रबार ‘कीर्तिनिधि विष्ट प्रखर राष्ट्रवादी नेता’ पुस्तकको विमोचन गर्दै प्रधानमन्त्री ओलीले विष्टले आफ्नो कार्यकालमा राष्ट्रवादी चरित्र प्रस्तुत गरेको टिप्पणी गरे ।

‘तत्कालिन समयमा नेपालको उत्तर सीमामा रहेका भारतीय चेकपोस्ट हटाउने निर्णय गरेर विष्टले देशभक्तिको सन्देश दिनुभएको थियो’ प्रधानमन्त्री ओलीले भने, ‘चेकपोस्ट हटाएपछि मलाई लाग्यो प्रधानमन्त्रीले चाह्यो भने देशका लागि उभिन सक्दो रहेछ, मुख्य पक्ष देश बनाउने सोचको आवश्यकता रहेछ ।’

प्रधानमन्त्री ओलीले विष्टले नैतिकताको राजनीति गरेकोसमेत उल्लेख गरे । ‘पदका लागि जे पनि गर्न तयार होइन, उहाँ देशका लागि पद छाड्न तयार हुनुहुन्थ्यो’ उनले भने ‘उहाँ र मेरो बाटो फरक भए पनि देशभक्तिको भावना एउटै थियो, त्यस्तो देशभक्तिको भावना पञ्चायत कालमा कीर्तिनिधि विष्टले देखाउनुभएको छ ।’

विष्टका छोरा विनोद विष्टद्वारा लिखित पुस्तक विमोचन समारोहमा प्रधानमन्त्री ओलीले विष्टलाई २०२६ सालतिर झापाको घैलाडुब्बा स्कुलमा भेटेकोसमेत स्मरण गरे । ‘त्यस कार्यक्रममा मैले स्वागत भाषण गरेको थिएँ’ प्रधानमन्त्रीले सम्झिए, ‘उहाँको विद्वता, अभिव्यक्ति, जिउडाल, उचाई, भावना र दृढता प्रधानमन्त्रीकोजस्तै थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?